नेपाल र भारत सम्बन्धमा ‘विश्वासको संकट’

नेपाल र भारत सम्बन्धमा ‘विश्वासको संकट’

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल—भारत सम्बन्धमा आउने गरेको विश्वासको संकट सबैभन्दा ठूलो समस्या रहेको बताएका छन्।

गिरिजाप्रसाद कोइराला (जिपी) फाउण्डेशनले कोइरालाको सातौं पुण्यतिथीमा गरेको नेपाल-इण्डिया कनेक्टिभीटीः अपर्चुनिटीज फर होलिष्टिक डेभलपमेन्ट विषयक अन्तरक्रियामा बोल्दै आपसी विश्वास बलियो बनाउन सके दुबै देशले एक-अर्काबाट लाभ लिनसक्ने बताए।

‘नेपाल र भारतबीचको सम्बन्धको सबैभन्दा ठूलो समस्या विश्वासको संकट हो,’ पौडेलले भने, ‘विश्वासको वातावरण बढेमा दुवै देशको हितमा काम हुन्छ।’

नेता पौडेलले दुवै देशको सम्बन्धलाई स्वाभाविक र प्राकृतिक भन्दै पारस्परिक सम्बन्ध बलियो बनाउन सके विकासले गति लिने बताए। सम्बन्ध सुमधुर बनाउन राजनीतिक तहमा विशला र चौंडा छाति देखाएर अगाडि बढेमा सम्बन्ध प्रगाढ हुने विश्वास समेत नेता पौडेलको छ।

‘हामीले नेपाल र भारतको सम्बन्धमा चौंडा छातिले सोच्नुपर्छ, दूरदर्शीता नदेखाए दुवैले दुःख पाउँछौं,’ नेता पौडेलले भने। नेपालको राजनीतिक स्थिरता, शान्ति र स्थायित्वका लागि भारतलाई गम्भीरताका साथ सहयोगी भावना देखाउन आग्रह समेत गरेका छन्। उनले नेपाल र भारतबीचको सम्बन्ध सबैभन्दा सुमधुर गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको समयमा भएको सम्झना समेत गरे।

गिरिजाप्रसाद कोइराला फाउण्डेशनकी अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाको सभापतित्वमा सम्पन्न अन्र्तक्रियामा बोल्दै जवाहरलाल नेहरू विश्वविद्यालयकी प्राध्यापक तथा नेपाल—भारत सम्बन्धकी जानकार संगीता थपलियालले नेपाल र भारतबीच राजनीतिक तहमा सम्बन्ध अझ विकास हुन सके विकासका कार्यक्रमले अझ गति लिने बताइन।

राजनीतिज्ञमा द्विपक्षीय सम्बन्धबारे विद्यमान मानसिकतामा परिवर्तन आउनुपर्ने उनको भनाइ छ। दुवै देशको नीति निर्माणकर्ताले विकासका प्राथमिकता निक्र्यौल गरी अगाडि बढ्नुपर्नेमा उजको जोड थियो। विकास राजनीतिक नेतृत्वका लागि मात्र नभइ जनताका लागि हो भन्दै यसलाई बिल्कुल राजनीतिक स्वार्थका दृष्टिले मात्र हेर्न नहुने समेत उनले बताएकी छिन।

‘राजनीतिक स्वार्थमा मात्र केन्द्रित हुँदा दुई देशबीच मिलेर गर्न सकिने आयोजनामा अलमल भयो,’ थपलियालले चनिन् ‘जनताका लागि विकास गर्छु भनेर अगाडि बढ्नुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.