ऊर्जामन्त्रीलार्इ कोरिया भ्रमणमा तीन सय डलर खर्च गर्ने अधिकार

ऊर्जामन्त्रीलार्इ कोरिया भ्रमणमा तीन सय डलर खर्च गर्ने अधिकार

काठमाडौंः उर्जा विकासमा सहकार्य र सहयोगका सम्भावनाको खोजी गर्न उर्जामन्त्री जनार्दन शर्मा दक्षिण कोरिया प्रस्थान गरेका छन्। दक्षिण कोरिया पुगेर उर्जा मन्त्री शर्माले शनिवार पाँच हजार ८० मेगावाट क्षमताको यियोङ हेयुङ जलविद्युत केन्द्रको अध्ययन तथा अवलोकन गरेका छन्।

निर्वाचन आयोगको सहमति लिएर ऊर्जामन्त्री शर्मा शनिवार दक्षिण कोरिया प्रस्थान गरेका हुन्। मन्त्रिपरिषदको बिहीबारको बैठकले दक्षिण कोरियामा आयोजना हुने विद्युत आयोजनाको अवलोकन तथा अध्ययन भ्रमण, लगानी प्रवद्र्धन सम्बन्धी बैठक, वार्ता तथा अन्तर्क्रिया कार्यक्रममा सहभागी हुन मन्त्री शर्मालाई दक्षिण कोरिया जान स्वीकृति दिएको थियो। मन्त्री शर्मालाई दक्षिण कोरियामा रहँदा भइपरी आउने खर्च वापत तीन सय अमेरिकी डलर उपलब्ध गराउने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

मन्त्री शर्माले सोमबार ऊर्जा विकासमा सहकार्य तथा सहयोगका सम्भावना बिषयमा दक्षिण कोरियाका ऊर्जामन्त्री र कोरियन इन्टरनेशनल कोअपरेसन एजेन्सीका अध्यक्षसँगको द्विपक्षीय छलफल गरी आफ्नो भ्रमण पूरा गर्ने सियोलस्थित नेपाली राजदूतावासले जनाएको छ ।

नेपालको ऊर्जा विकासमा दक्षिण कोरियाबाट बिभिन्न सहयोग प्राप्त हुँदै आएको,नेपालको उर्जा विकासका लागि बढी भन्दा बढी बैदेशिक लगानी भित्र्याउने प्रयास स्वरुप राजदूतावासले सेमिनारसहित विभिन्न बैठक गरेको, नेपालमा जलविद्युत विकासका लागि पछिल्लो समय विकसित हुँदै गएको अनुकूल वातावरण लगायत नेपाल सरकारका नीतिबारेमा अद्यावधिक जानकारी गराउन र गणतन्त्र कोरिया सरकार एवं कोरियाली लगानीकर्ताहरुलाई नेपालको ऊर्जा विकासमा थप सहयोग तथा लगानी अभिवृद्धि गर्न अनुरोध तथा अभिप्रेरित गर्ने उद्देश्यले उर्जामन्त्री शर्मालाई दक्षिण कोरिया आमन्त्रण गरिएको दूतावासले जानकारी गराएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.