पार्कका समर्थकहरुद्वारा सोलमा प्रदर्शन

 पार्कका समर्थकहरुद्वारा सोलमा प्रदर्शन

सोल: दक्षिण कोरियाकी अपदस्थ राष्ट्रपति पार्क गेउन हेका समर्थकहरुले उहाँ विरुद्ध लगाइएको महाअभियोगको विरुद्धमा सोलमा शनिबार प्रदर्शन गरेका छन्।

उनीहरुले पार्कलाई नाटकिय तरिकाले भ्रष्टाचारको महाअभियोग लगाइएको आरोप लगाउँदै महाअभियोग फिर्ता लिन माग गरेका छन्।

महाअभियोगको विरुद्धमा प्रदर्शन गर्न झन्डै दुई हजार जना उहाँका समर्थक सोलको सडकमा विस्तारै हिडेका थिए। उनीहरुले राष्ट्रिय झण्डा, केही व्यानर र प्लेकार्ड पनि प्रदर्शन गरेका थिए।

अपदस्त राष्ट्रपति पार्कले राष्ट्रपति कार्यालय र राष्ट्रपतिको रुपमा पाएको सबै अधिकार त्यागि सकेकी छिन्। पार्कको अति निकट साथि चोई सुन सिलले शक्तिको दुरुपयोग गरी भ्रष्टाचार गरेको र त्यसमा पार्कको पनि संलग्नता रहेको अभियोगसहित उहाँलाई अपदस्त गरिएको हो।

चोइले शक्तिको दुरुपयोग गरि भ्रष्टाचार गरेको कुरा राष्ट्रपति कार्यालयमा पालिएका कुकुरको हेरचाहका लागि राखिएका व्यक्तिबाट बाहिर आएको बताइएको छ।
ती कुकुरका हेरचाहकर्ता कै कारण आफू अपदस्त हुनपरेको भन्दै पार्कले आफ्ना नौ ओटा कुकुरलाई राष्ट्रपति कार्यालय मै छाडेकी छन्।

गत आइतबार राष्ट्रपति कार्यालय छाडेर आफ्नै निजी निवासमा सर्नुभएकी पार्कले चार वर्ष अगाडि आफ्नो साथिले उपहार स्वरुप दिएको कुकुर राष्ट्रपति कार्यालय मै छाडेकी हुन्। रासस/एएफपी

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.