माओवादीका मधेसी नेता नेता एक ठाउँमा
काठमाडौं : नेकपा माओवादी केन्द्रमा आबद्ध मधेसी नेता तथा कार्यकर्ता जुटेका छन्। सो पार्टीको भातृ संगठनका रुपमा मधेसी राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन आयोजक समिति बनेको छ।
माओवादी केन्द्रका नेता मात्रिका यादवका अनुसार शनिबार जनकपुरमा गरिएको राष्ट्रिय एकता भेलाले जगतप्रसाद यादवको संयोजकत्वमा चार सय ५६ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको हो। समितिमा नन्दकिशोर यादव र विश्वजीत यादव सहसंयोजक रहेका छन।
झण्डै एक बर्षअघि रामबहादुर थापा, मात्रिका यादव र मणि थापा एकता प्रक्रियामा सहभगी भएपनि सो जनवर्गीय संगठन अलग अलग रहदै आएको थियो।