चीनले अमेरिकालाई भन्यो, उत्तर कोरियाका बारेमा ठन्डा दिमागले सोच
एजेन्सी: चीनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकालाई उत्तर कोरियाको बारेमा एक पटक 'ठण्डा दिमाग' ले सोच्न आग्रह गरेका छन्। पूर्वी एसियाको भ्रमणका क्रममा चीन आइपुगेका अमेरिकी विदेश सचिव रेक्स टेलर्सनलाई यीले यस्तो आग्रह गरेको बीबीसीले जनाएको छ।
विदेशमन्त्री यीले टेलर्सनलाई भनेका छन्, 'अहिले स्थिति निकै संघर्ष र चुनौतीपूर्ण बिनइसकेको छ। यस्तो बेलामा उत्तरको खतराबारे अमेरिका लगायत यूएन संस्थाले एक पटक ठण्डा दिमागले सोच्नुपर्ने बेला आएको छ। यसमा अमेरिकाले चाडैं नै ध्यान पुर्याउनेछ चन्नेमा म यसबारेमा विश्वत छु। यदि यसो नभएमा ठूलो खतरा निम्तिने संकेत देखा पर्नसक्छ।'
यता टेलर्सनले उत्तर कोरियाले अमेरिकामा मार हान्न सक्ने परमाणु मिसाइल बनाउन लागि परिरहेको आरोप लगाएका छन्। उनले भनेका छन्, 'पछिल्लो साता मात्रै उत्तरले चार वटा ब्यालेस्टिक मिसाइल परीक्षण गरिसकेको छ। उसले संयुक्त राष्ट्रसंघको आदेशलाई सधैं बेवास्ता गर्दै आएको छ।'
यस्तै उनले गत शुक्रबार मात्रै उत्तरले दक्षिण कोरिया र अमेरिकी सेनालाई धम्की दिएकाले हामी यस बारेमा चनाखो भएर बस्न बाध्य भएको दाबी गरे।
यस्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै उत्तर कोरियाले खराब व्यवहार देखाएको बताएका छन्। उनले उत्तर कोरियालाई चीनले थोरै मात्रामा भए पनि सहयोग गर्न जोड दिएको बताएका छन्।
तर चीनका विदेशमन्त्रीले उक्त भनाईलाई खण्डन गर्दै यूएनका साँझैदार संस्थाहरुले प्योङयाङप्रति पुरै नकारात्मक दृष्टिकोणले हेर्न नमिल्ने बताए। उनले भने, ' उत्तर कोरियासँग सुयुक्त राष्ट्रसंघले वार्ता र कुटनीतिक संवादको माध्यमबाट समाधान खोज्नु जरुरी छ। हामी सबैले यसबारेमा सौहार्दपूर्ण वातावरणमा ठण्डा दिमागले सोच्नु पर्ने र बन्धुत्व कायम गर्नु पर्ने बताइरहेका छौँ ।'