एमालेको सहयोग गौतम परिवारको हातमा

एमालेको सहयोग गौतम परिवारको हातमा

महेन्द्रनगर : भारतीय सुरक्षाकर्मीबाट मारिएका सहिद गोविन्द गौतमको परिवारलाई एमालेले दिएको सहयोग रकमको चेक शनिबार उपलब्ध गराइएको छ । एमाले केन्द्रीय कमिटीले प्रदान गरेको पाँच लाख रकमको चेक शनिबार सहिद परिवारलाई बुझाइएको हो ।

एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री भीम रावलले पाँच लाख रकमको चेक सहिद गौतमकी आमालाई हस्तान्तरण गरे । सहिद गोविन्दकी पत्नी लक्ष्मी गौतमका नाममा रहेको चेक र एकथान ल्यापटप हस्तान्तरण गरिएको हो ।

कञ्चनपुरको महेन्द्रनगरमा बिहीबार आयोजना गरिएको आमसभाका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका तर्फबाट सहिद परिवारलाई पाँच लाख रकम सहयोग घोषणा गरेका थिए । शनिबार एमाले उपाध्यक्ष भीम रावलसहितका नेता सहिद गौतमको घर पुगेर चेक हस्तान्तरण गरेका हुन् ।

एमाले पुनर्वास नगर कमिटीले समेत तत्काल राहतका लागि १२ हजार रकम उपलब्ध गराएको छ । एमालेले सहिद गौतमका तीनवटै छोरीलाई स्थानीय युगज्योति बोर्डिङ स्कुलमा पढाउने व्यवस्था मिलाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.