सुजुकीको एक्सचेन्ज योजना
काठमाडौं : सुजुकी मोटरको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले तीन दिने सुजुकी एक्सचेन्ज मेला २०७३ सञ्चालनमा ल्याएको छ । तीन दिने योजनामार्फत कम्पनीले झन्झटमुक्त वातावरणमा सरल र कम किस्ताबन्दीको ८.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा प्रदान गर्ने जनाएको छ ।
यसका साथै योजनामा पुनर्बिक्री सुविधा, सरल एक्सचेन्ज, बोनस, निःशुल्क दुइ वर्ष सर्भिसिङ र चार वर्ष वारेन्टीको सुविधा पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो योजना सबै मोडेलका गाडीमा काठमाडौं उपत्यकाभित्रका सम्पूर्ण सोरुमबाट प्राप्त गर्न सकिनेछ । विशेष अफरअन्तर्गत ब्रिजा जेडडीआई मोडेलको बिक्री मूल्य ३९ लाख ४९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।