कर्ण लिम्बूको को आगमनमले झापावासीमा खुशी

कर्ण लिम्बूको को आगमनमले झापावासीमा खुशी

बिर्तामोडः  नेपालका मैदानमा आयोजना हुने गोल्डकप फुटबल प्रतियोगितामा एउटा चर्चित अनुहार हो- कर्ण लिम्बू । विगत केही वर्षदेखि रमपम झापा ११ बाट फरवार्डमा खेल्ने लिम्बूले गोल नगरेका प्रतियोगिताहरू कमै छन्् । छोटो कद तर निकै ख्याति कमाएका लिम्बू यसपालि राष्ट्रिय टोलीमा समावेश भएका छन् ।

आगामी चैत १५ गते फिलिपिन्समा हुने एएफसी कप छनोटअन्तर्गत फिलिपिन्ससँगको खेलका लागि २० सदस्यीय राष्ट्रिय टोलीमा कर्ण लिम्बू पनि यसपालि परेका छन् । जसले वर्तमानमा उनले खेल्दै गरेको झापाको फुटबललाई हौसला बढाएको छ । झापाबाट खेल्ने धेरै फुटबलर राष्ट्रिय टोलीमा विगतमा नपरेका होइनन् । तर लिम्बूले राम्रो खेल प्रदर्शन गर्दा पनि किन राष्ट्रिय टोलीमा पर्न सकेनन् भन्ने प्रश्न फुटबल बुझेकाहरूले नै गर्ने गरेका थिए । तर अखिल नेपाल फुटबल संघ एन्फाको छनोटमा यस पटक उनी परेपछि झापाली फुटबलप्रेमीहरू खुसी देखिएका छन् ।

विगत लामो समयदेखि कर्णको खेल हेरेका र उनलाई प्र्रशिक्षणसमेत दिएका फुटबल प्रशिक्षक भगीरथ आलेले ढिलै भए पनि उनलाई राष्ट्रिय टोलीमा समावेश गरेर एन्फाले राम्रो काम गरेको बताए । आलेको नजरमा कर्ण एक इमानदार खेलाडी हुन् । उनी भन्छन्, ‘कर्णमा स्ट्राइकरमा हुनुपर्ने सम्पूर्ण गुण हुँदाहुँदै पनि अहिलेसम्म राष्ट्रिय टोलीमा पर्न नसक्नु दुर्भाग्य थियो । तर ढिलै भए पनि राम्रो निर्णय भएको छ ।' कर्णमा फरवार्ड खेल्दा तत्काल निर्णय गर्ने क्षमता भएको आले बताउँछन् । कतिपयले उनलाई राम्रो खेल्दा पनि राष्ट्रिय टोलीमा पर्न नसक्नुमा ‘अभागी खेलाडी' समेत भन्ने गर्थे ।

झापा जिल्ला फुटबल संघका अध्यक्ष जलकुमार गुरुङले कर्ण लिम्बूलाई नेपाली फुटबलले बल्ल चिनेको प्रतिक्रिया दिएका छन् । यो पटक छनोटमा परेर आफ्नो खेलप्रतिको इमानदारीले उनले देखाएको गुरुङले बताए । उनले भने, ‘यसपालि झापाबाट तीनजना टोलीमा परेका छन् । त्यसमा कर्ण लिम्बू पर्नु हाम्रा लागि खुसीको कुरा हो ।' झापाबाट अनन्त तामाङ, विशाल राई र कर्ण लिम्बू राष्ट्रिय टोलीका लागि छनोट भएका छन् ।

फुटबलर लिम्बूले भने अहिलेसम्म आफूले कमाएको ख्यातिलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउने आफ्नो लक्ष्य रहेको बताएका छन् । अन्तर्राष्ट्रिय क्षेत्रमा आफूले अझ धेरै गर्न बाँकी रहेको र आफूमाथि चुनौती थपिएको उनले अन्नपूर्णसँग बताए । लिम्बूले भने, ‘मेरा लागि अवसरसँगै चुनौती पनि थपिएका छन् । अहिलेसम्म मैले पाएको रेप्युटेसन कायम राख्न मेरा लागि जोखिमसमेत छ ।'

लिम्बूले २०५७ सालदेखि फुटबल खेल्न सुरु गरेका हुन् । उनी २०६३ सालमा एनआरटीमा समावेश भए । २०६६ सालमा उनले मछिन्द्र क्लबबाट फुटबल खेले । त्यसपछि २०६८ मा जावलाखेल युथ क्लबमा समावेश भए । फेरि २०६९-७० मा मछिन्द्र नै फर्के । झापा ११ का लागि उनी २०७१ सालदेखि लगातार खेलिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.