नआईडीसीको साधारणसभा सम्पन्न
काठमाडौं : एनआईडीसी डेभलपमेन्ट बैंक लिमिटेडको ४९ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा सम्पन्न साधारणसभाले आव २०७२-०७३ को वित्तीय विवरण पारित गरेको छ ।
साथै साधारणसभाले एनआईडीसी र राष्ट्रिय वाणिज्य बैंक एक आपसमा गाभिनेसम्बन्धी प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । सभाको अध्यक्षको रूपमा बैंक सञ्चालक समितिका अध्यक्ष तथा आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्माले बैंकको वर्तमान अवस्था र भावी कार्यनीतिबारे जानकारी गराएका थिए ।