मस्को प्रदर्शनी सम्पन्न
काठमाडौं : रुसमा आयोजना भएको मस्को अन्तर्राष्ट्रिय ट्राभल र टुर प्रदर्शनी (एमआईटीटी) बिहीबार सम्पन्न भएको छ । तीन दिनसम्म चलेको उक्त प्रदर्शनीमा धेरै दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ ।
२८ हजार यात्रा सम्बन्धित विभिन्न व्यवसायी तथा दर्शकका १६ सय स्टल प्रदर्शनीमा राखिएका थिए । नेपाल पर्यटन बोर्डले नेपालको नेतृत्व गरेको थियो । यस मेलामा पाँच नेपाली व्यावसायिक कम्पनी अर्किड नेपाल टुर्स प्रालि, हिमालयन होलिडेज, वेल नेपाल ट्राभल, ओझा होलिडेज टुर्स एन्ड ट्रेक्स प्रालि र रोयल माउन्टेन ट्राभल नेपाल सहभागी थिए ।
नेपाली स्ट्यान्ड पेगोडा शैलीमा निर्माण गरिएको छ, जसलाई धेरैले मन पराएका थिए । नेपालका गन्तव्य र पर्यटन क्रियाकलापलाई तस्बीरमा समेटिएको थियो । रुसी पर्यटकले साहसिक क्रियाकलाप मन पराउने भएकाले नेपाल उनीहरूको प्राथमिकतामा पर्नसक्ने सम्भावना देखिएको छ ।
स्टल अवलोकनमा आउनेले साहसिक क्रियाकलाप, बस्ने होटेल र नेपाल जोड्ने रुट सम्बन्धमा जिज्ञासा राखेको सहभागी कम्पनीले जानकारी दिए ।