मधेसी मोर्चाका क्रियाकलाप अापराधिकः ओली

मधेसी मोर्चाका क्रियाकलाप अापराधिकः ओली

नेपालगञ्जः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसी मोर्चाले अराजनीतिक, अलोकतान्त्रिक, हिंसावादी र आंतकवादी चरित्र प्रर्दशन गरेको आरोप लगाएका छन्।

एमाले बाँकेको प्रचार विभागले नेपालगञ्जमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले एमालेको अभियान बिथोल्न मोर्चाले गरेको क्रियाकलाप अापराधिक भएको आरोप लगाएका हुन्। ‘राजनीतिमा कही कतै यस्तो हुँदैन। यस्ता क्रियाकपाप अपराधिक समुहले मात्र गर्छ,राजनीतिक दलले गर्दैन।’

‘निर्दोषलाई उत्तेजनामा ल्याउने, बालबालिकाको प्रयोग गर्ने, बम राख्ने, बम हान्ने, एउटा राजनीतिक दलको कार्यक्रमलाई विथोल्ने क्रियाकलाप कुनै राजनीतिक दलले संसारमा कहीँ कतै गरेको सुन्नु भएको छ?,’ओलीले प्रश्न गरे। ओलीले राजनीतिको नाममा अपराध गर्ने छुट कसैलाई नभएको बताए। ‘राजनीतिका नाममा अपराध गर्नु हुँदैन, गर्न छुट पनि कसैलाई छैन,’ओलीले भने।

उनले लोकतन्त्रमा हिंसा स्वीकार्य नहुने बताए। एमालेको अभियान विथोल्ने क्रममा बम राख्ने र बम प्रहार गर्ने हिंसात्मक काम मोर्चाले गरेको ओलीले बताए। उनले वर्तमान सरकार फितलो भएका कारण राजनीतिका नाममा हिंसा गर्ने प्रसाय पाइरहेको बताए। मोर्चाको हिंसात्मकमा क्रियाकलापले निर्दोष जनता मारिएको भन्दै अध्यक्ष ओलीले दुःख व्यक्त गरे।

उनले भने,‘उनीहरुको (मोर्चा)को छुद्र, उत्तेजक र हिंसात्मक क्रियाकलापले केही निर्दोष जनता मारिए। घाइते भए, सुरक्षाकर्मी तथा एमाले कार्यकर्तासमेत घाइते भए। त्यसप्रति दुख व्यक्त गर्छु र मोर्चाको अपराधिक क्रियाकलापको घोर निन्दा गर्छु।’ उनले मधेसी जनताको ठेकेदारी गर्ने कार्य बन्द गर्न समेत मोर्चालाई चेतावनी दिए।

उनले अभियानका क्रममा राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय अखण्डता र सार्वभौम सत्तामा केन्द्रीत रहेको बताए। उनले भने,‘स्वाभिमानको कुरा गर्दा, राष्ट्रियताको कुरा गर्दा कसै–कसैलाई भतभति पोल्छ।’ उनले नयाँ संविधानले कुनै पनि जात, वर्ग र भाषालाई भेदभाव नगरेको बताए। ‘संविधानले कसैप्रति विभेद गरेको छैन। के अधिकार पाएनन्, त्यो त भन्नु पर्‍यो, आफै कथा बनाएर भ्रम छर्न पाइन्नँ।’ ओलीले संविधान कार्यान्वयन गर्न नदिने षड्यन्त्र भइरहेको बताए। मधेशी मोर्चाको सीमांकन हेरफेरको मुद्दाप्रति इंकित गर्दै ओलीले भने,‘रोल्पालाई अलग गर्ने कुरा महोत्तरीको जमिन्दारलाई के मतलब?’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.