मोर्चालाई कमल थापाको सुझाव-मध्यमार्गी बाटो अपनाएर चुनावमा सहभागी हुनुस्

मोर्चालाई कमल थापाको सुझाव-मध्यमार्गी बाटो अपनाएर चुनावमा सहभागी हुनुस्

विराटनगर: उपप्रधानमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचनमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सहभागी हुन आह्वान गरेका छन्।

विराटनगर विमानस्थलमा अाइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिले सहमति हुन सक्ने विषयमा सहमति गर्न र अन्य विषयमा भविष्यमा सहमति हुने गरी मध्यमार्गी बाटो अपनाएर निर्वाचनमा सहभागी हुन मोर्चालाई आह्वान गरे।

आधुनिक नेपालको निर्माणपछि स्थानीय सरकारको वास्तविक अवधारणानुरुप निर्वाचन हुन गइरहेको बताउँदै सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापाले निर्वाचन आयोग युद्धस्तरमा निर्वाचनको तयारीमा जुटेको र दलहरु निर्वाचनतर्फ अग्रसर भइरहेको अवस्थामा मधेसी मोर्चालाई अलग नहुन आग्रह गरे।

उपप्रधानमन्त्री थापाले स्थानीय तहको सङ्ख्या, आकार परिवर्तन मात्रै नभई नयाँ संरचनानुसार स्थानीय तह बढी अधिकारसम्पन्न भएको पनि स्पष्ट पारे। वैशाख ३१ गते हुने निर्वाचन सम्पन्न गर्न सरकारले पनि तयारी तीव्र रुपमा गरेको उल्लेख गर्दै उनले निर्वाचन निर्धारित समयमै हुने बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष थापाले निर्वाचन आयोगले आफ्ना पार्टीको नीतिमा निषेध गरेका विषय स्वीकार नभएको स्पष्ट गर्दै सो विषयमा औपचारिक रुपमा आयोगलाई ज्ञापनपत्र बुझाउने तयारी भइरहेको जानकारी दिए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.