हिमालमा बेपत्ता शव पाँच दिनपछि भेटियो
काठमाडौँ: गत चैत ९ गतेदेखि लाङटाङ क्षेत्रको गान्जा ला चुली (५८४४ मी) हिमालमा वेपत्ता भएको ललितपुर पाटनका २५ वर्षीय योगेश शाक्यको शव आइतबार बिहान फेला परेको छ।
फागुन २४ गते गान्जा ला चुली हिमाल पास गरे फर्कने क्रममा भारी हिमपात हुदाँ उनी शाक्य बेपत्ता भएका थिए।परिवारको अनुरोधमा सिम्रिक हेलिकोप्टरका रेस्क्यू गाइड छरिङ डेन्डुक भोटेले शव पत्ता लगाएर परिवारलाई जिम्मा दिएको छ। वेपत्ता भएका शाक्यको अवस्था र स्थान बुझ्न उनीसँगै गएका साथी विवेक बस्नेतलाई जानकारी लिएर ठाउँ पक्ता लगाइ हिँउ भित्रबाट शव निकालेको भोटेले बताए।
विना गाइड हिमालको ट्रेकिङमा गएका दुई युवा स्थानीय गाइडको सहयोगमा फागुन २४ गते गान्जा ला चुली हिमाल पास गरेका थिए। ११ दिने देखि बेपक्ता भए पछि परिवारले युवाको खोजीका लागि तीन दिन सम्म हेलिकप्टर प्रयोग गरेका थिए।
जिवित उद्धार गरिएका भक्तपुर सिपाडोलका २४ बर्षीय विवेक बस्नेतलाई शुक्रबार सिम्रिम हेलिकोप्टरले लङलाइन रेस्क्यू गरी उद्धार गरेको थियो। योगेश शाक्य भने वेपत्ता भएका थिए। विरामी बस्नेतलाई उपचारका लागि ग्राण्डी अस्पताल भर्ना गरिएको छ।
यी दुई युवा अनुमति बिनानै आफूखुसी हिमालतर्फ ट्रेकिङमा गएको र हिमाल सम्बन्धी प्राबिधिक ज्ञान नभएको र गाइड बिनानै हिमाल गए पछि चिसो र हाइका कारण युवाको मृत्यु भएको नेपाल पर्वातारोहण संघका प्रशासकीय अधिकृत जिनेश सिन्दुलाकारले बताए। हिमालको ज्ञान नभएकाले विना गाइड हिमाल जाँदा हिमालमा वेवारिसे शवको संख्या समेत बड्दै गएको भन्दै यस बिषयमा सबैले सचेत हुनु पर्ने संघले आग्रह गरे।