निर्वाचन आयोगले राप्रपालाई दिएको निर्देशनप्रति जनमोर्चाको अापत्ति

निर्वाचन आयोगले राप्रपालाई दिएको निर्देशनप्रति जनमोर्चाको अापत्ति

काठमाडौंः निर्वाचन अयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानका केही नीति बदल्न निर्देशन दिएकोप्रति राष्ट्रिय जनमोर्चाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी राप्रपाको ‘राजतन्त्र’ र ‘हिन्दू धर्म’ सम्बन्धी नीतिलाई बदल्न आयोगले दिएको निर्देशन गलत भएको बताएका छन्। उनले निर्वाचन आयोगको उक्त निर्देशन संविधानमा व्यवस्था गरिएको अधिकारविरुद्ध भएको पनि विज्ञप्तिमा उल्लेख गरेका छन्।

‘हरेक पार्टीका आ–आफ्ना सिद्धान्त, नीति र कार्यक्रमहरु हुन्छन्। तिनीहरु आफ्नो पार्टीका प्रतिवेदन, विधान वा घोषणपत्रहरुमा राखिएका हुन्छन्। तिनीहरु राज्यको संविधान, कानुन वा नियमहरुसँग मेल नखान सक्दछन्। त्यो सम्बन्धित राजनीतिक दलको स्वतन्त्रताको कुरा हो,’विज्ञप्तिमा भनिएको छ।

जनमोर्चाले संविधानमा पनि केही खास विषयहरुलाई छाडेर त्यसमा सामेल भएका कतिपय विषयहरुलाई संशोधन गर्न पाउने अधिकारलाई सुरक्षित राखेको बताएको छ।

राप्रपा नेपाल र राप्रपाबीच पार्टी एकतापछि आयोगमा पठाइएको राप्रपाको विधानबाट संविधानविपरीतका शब्द समेटिएको भन्दै निर्वाचन आयोगले ‘राजतन्त्रसहितको प्रजातन्त्र र हिन्दु राष्ट्र' भन्ने शव्दावली झिकेर विधान स्वीकृत गरेपछि राप्रपा त्यसको विरोधमा उत्रिएको छ।

अायोगले दलको उद्देश्य धार्मिक र साम्प्रदायिक देखिएमा दल दर्ता गर्न इन्कार गर्न पाउने अधिकार आफूसँग भएको स्पष्ट गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.