सप्तरीमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

सप्तरीमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

राजविराजः सप्तरीमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ।

आइतबार शम्भुनाथ नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गमा ना १ क ५३६५ नम्बरको टिपरको ठक्करबाट स्थानीय साइकलयात्री शम्भुनाथ–३ का २३ वर्षीय किसन सदाको मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएका सदाको उपचारका अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। ठक्कर दिने टिपर र चालक धनुषा छिरेश्वर नगरपालिका–९ का नवलकिशोर मेहतालाई प्रहरीले नियन्त्रण लिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.