मधेसी मोर्चाद्वारा संसद बैठक बहिष्कार

मधेसी मोर्चाद्वारा संसद बैठक बहिष्कार

काठमाडौँ: व्यवस्थापिका-संसद्को आजको बैठकमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलले आफूहरुले प्रमुखताका साथ उठान गरेको संविधान संशोधनको माग पूरा नगरिएको जनाउँदै सदनको बैठकमा भाग लिएनन्।

सभामुख ओनसरी घर्तीले सदनको आजको बैठक सुरु गर्नासाथ मोर्चामा आबद्ध दलका सांसदहरु आआफ्ना स्थानबाट उठेका थिए। सो क्रममा तराई-मधेस लोकतान्त्रिक पार्टीका जङ्गीलाल यादवले 'राजनीतिक वातावरण नबनाई सरकारले स्थानीय निर्वाचन घोषणा गरेकाले' मधेसका जनतामा आक्रोश आएको आरोप लगाए।

उहाँले संविधान संशोधन नगरी स्थानीय निर्वाचन हुन नसक्ने जनाउँदै सहमति र सहकार्यबाट संविधान संशोधन गर्न माग गरे। सांसद यादवले आफ्नो भनाइ समाप्त गरेपछि मधेसी मोर्चामा आबद्ध दलका सांसदहरु सदनको आजको बैठकबाट बाहिरिएका थिए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.