विद्यालयमा आगो लागेपछि विद्यार्थीको भविष्य संकटमा

 विद्यालयमा आगो लागेपछि विद्यार्थीको भविष्य संकटमा

महोत्तरी : कक्षा १ मा पढ्ने ६ बर्षीया रोशनी माझी सधैं विद्यालय आउछिन्। तर, उनी विद्यालयमा दुई हप्तादेखि रमाएर पढ्न पाएकी छैनन्। फाल्गुण २२ गते राति रोशनी पढ्ने जनजागृत उच्च माध्यमिक विद्यालय गौरीबास (पाटु) बर्दिबासको कार्यालयमा आगलागी भयो।

आगलागीले विद्यालयको अभिलेख, कागजपत्र, सरसमान, विज्ञान प्रयोगशालाको समाग्री मात्रै जलेनन्। उनी खेल्ने खेल समाग्री पनि जल्यो। विद्यालयको कार्यालयको दुई कोठा कामै नलाग्ने धरी ध्वस्त बनेको छ।

दुई घण्टासम्म विद्यालयका दन्केको आगोले विद्यालयमा ७० लाखको क्षति भयो। विद्युत् सर्ट भएर भएको आगलागीले बालिका रोशनीको खुशी लुटेर लग्यो। उनको खेल समाग्री आगोले जलाउँदा रोशनीमाथि बज्रपातै पर्‍यो।

सदरमुकाम जलेश्वर भन्दा ४७ किलोमिटर उत्तरमा पर्ने यो विद्यालयमा १५ दिनदेखि रोशनीले विद्यालयमा रमाएर पढ्न पाएकी छैनन्। उनी विद्यालयमा पढ्न आउँदा घरी घरी फुटबल र लुडो लिन हतारिएर अफिसको कोठामा पुगछिन्।

गेटमा पुग्दा खेलकुद समाग्री जलेर खरानी भएको देख्दा उनी अफिसको गेटमा सधैं टोलाउँछिन्। रोशनीकी साथी रञ्जीता र सागर माझी पनि खेल समाग्री आगोमा परेर जल्दा उनीहरुपनि विद्यलायमा निरास भएको भेटिए।

कक्षा १ देखि कक्षा १२ सम्म पढाइ हुने विद्यालयमा तीन सय ६० जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा आगलागी हुँदा उनीहरुले प्रयोग गर्ने खेल समाग्री, सिक्ने कम्प्यूटर, शैक्षिक समाग्री सबै जलेका छन्। दुई हप्ता बितिसक्दा पनि विद्यालयलाई शैक्षिक समाग्री र खेलसमाग्री उपलब्ध नभएको विद्यालयका प्रचार्य अर्जुनप्रसाद पोखरेलले बताए।

‘शैक्षिक क्रियाकलापमा प्रयोग गर्ने सबै शैक्षिक समाग्री जल्यो। शैक्षिक समाग्रीको अभावमा विद्यार्थीहरुको पढाई प्रभावित भइरहेको छ,’उनले भने, ‘तत्काल विद्यार्थीको मनोबल बढाउन शैक्षिक समाग्री र खेलकुद समाग्री खरिद गर्ने रकम छैन्। खरिद गर्ने विद्यालयको कुनै श्रोत पनि छैन।’

आगलागीले विद्यालयको कार्यालयको दुई कोठा जलेर कामै नलाग्ने बनेको छ। विद्यालयको जीर्ण गोदाममा अस्थाई कार्यालय राखेर विद्यालयमा पठनपाठन संचालन गरिएको छ। ‘प्रश्न पत्र बनाउन कम्प्युटर छैन। प्रश्न पत्र प्रिन्ट गर्ने प्रिन्टर छैन। फोटोकपी गर्ने फोटो कपी मेसीन छैन। कसरी परीक्षा संचालन गर्ने ?,’विद्यालयका शिक्षक टोपबहादुर माझीले भने, ‘आगलागीले विद्यालय संचालन गर्न कठिन भयो।’

विद्यालयमा तत्काल फोटोकपी मेसीन १ थान, कम्प्युटर १० थान, ल्याप्टप १ थान, पुस्तकालयका लागि पुस्तक, कक्षा १ देखि १२ कक्षासम्मको शैक्षिक समाग्री, खेलकुद समाग्री, कार्यालय संचालनका लागि कुर्सी, टेवल, दराज, खानेपानी फिल्टर, २ वटा कार्यालयको लागि पक्की कोठा लगायतका भौतिकपूर्वधार तथा सरसरमान विद्यालयको शैक्षिक अघि बढाउन आतिआवश्यक भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार घिमिरेले बताए।

‘आगलागीबाट खरानी भएको विद्यालयलाई तत्काल सहयोग गर्न हामीसँग बजेट छैन। शिक्षा कार्यालयमा प्राकृति विपद्मा सहयोगे शीकर्षमा एक रुपैयाँ पनि बजेट छैन,’ जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालले भने, ‘शैक्षिक सत्र २०७४ मा पुस्तकालयको लागि ६ लाख र कम्प्यूटरको लागि १ लाख ५० हजार बजेट विद्यालयलाई विनियोजन गर्छौं। हामीसंग भएको विद्यालयको अभिलेखहरु उपलब्ध गराउँछौं।’

माझी, मगर, दमाई, भुजेल लगायतका दलित गरीब तथा विपन्न समुदायका झन्डै दुई सय घरधुरीका बालबालिका पढ्ने विद्यालयमा आगलागीले क्षति पुर्याएको छ। स्थानीय बासीले विद्यालय निर्माणका लागि सहयोगको समेत आह्वान गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.