कोरियामा साझा पार्टीको सद्भाव समूह गठन
कोरिया : पत्रकार रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीको प्रवास सङ्गठन साझा सद्भाव समूह दक्षिण कोरिया ख्यङ्गी दो क्षेत्र धर्मराज जोशीको संयोजकत्वमा गठन भएको छ। ५१ सदस्यीय उक्त समूहको उप–संयोजक रामप्रसाद शर्मा र सञ्चार कोअर्डिनेटरको जिम्मेवारी नेत्र पौडेललाई दिइएको छ।
नेपालको दुषित राजनिति सफा गरेर समृद्धितिर अगाडि बढ्नका लागि पद्धति, पारदर्शिता, इमान्दारिता र उत्कृष्टताको चार खम्बा अत्यन्तै अहिलेको आवश्यक्ता रहेकोले यसले अबको राजनितिक निकास र आर्थिक विकासमा ठूलो परिवर्तन ल्याउने दृढविश्वासका साथ आफूहरुले समर्थन गरेको सहभागीले बत्ताएका छन्।
साझा पार्टी नेपाल केन्द्रको निर्देशिका अनुसार कोरियामासाझा सद्भाव समूहहरु गठन भइरहेका छन्। प्रत्येक क्षेत्रको संयोजक, उप–संयोजकको पहलमा संयुक्त भेला आयोजना गरेर उच्च लोकतन्त्रको विधि प्रयोग गर्दै साझा सद्भाव समूह केन्द्र दक्षिण कोरिया निर्माण गरी पार्टी कन्द्रमा पठाउने कोरिया सौल समूह तथा केन्द्र समन्वय संयोजक मिलन कान्छा किराँतीले बत्ताए।