जीवित कुमारीको पूजा (फोटोफिचर)
नुवाकोट : दुई सय ४३ वर्ष अगाडि मल्ल समुदायको राज्य रहेको पहाडी नुवाकोटमा नुवाकोटकी जीवित कुमारीको महापूजा गरिएको छ।
नेपालका विभिन्न जीवित देवी कुमारीको महत्व फैलाउंदै आएको नेवार समुदायका अगुवाको संगठन ह्युमत मिसा पुचःको आयोजनामा शनिबार विशेष कार्यक्रमका बीच नुवाकोटको विदुर नगरपालिका २ भैरवी मन्दिर मण्डलामा रहेकी जीवित कुमारीको महापूजा गरिएको हो।
कुमारीको महापुजामा नुवाकोटका साथै काठमाडौ, भक्तपुर तथा ललीतपुरबाट एक हजार भन्दा बढी भैरवी मन्दिर परिसर पुगेका थिए। जिवित देवी कुमारीलाई एकै पटक एक हजार जनाले पुजा गरेको आयोजकले बताएका छन्।
भैरवी मन्दिर परिसरमा पाँच सय वर्ष पुरानो भैरवी मन्दिरकी जीवित देवी कुमारीको महत्व दर्शाउंदै महापुजा गरिएको हो। भैरवी मन्दिरमा गत २०७० साल वैशाख ५ गतेदेखि नियुक्त भएकी जीवित देवी कुमारी दिनिशा डंगोललाई भैरवी मन्दिर संगैको डवलीमा विराजमान गराई पूजाआजा गरिएको हो।