धर्मनिरपेक्षता सट्टा धार्मिक स्वतन्त्रताका लागि संशोधन विधेयक दर्ता

धर्मनिरपेक्षता सट्टा धार्मिक स्वतन्त्रताका लागि संशोधन विधेयक दर्ता

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्मनिरपेक्ष पदावलीको सट्टा ‘पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र’ बाक्यांश राख्ने गरी संविधान संशोधन प्रस्ताव आइतवार संसदमा दर्ता गराएको छ । राप्रपाले संविधानको धारा ४ (१) मा संशोधनको प्रस्ताव दर्ता गराएको हो ।

नेपाल बहुजातीय,बहुधार्मिक,बहुभाषिक राष्ट्र हुँदा हुँदै पनि ८१ प्रतिशत भन्दा बढी हिन्दु , नौ प्रतिशत बौद्ध र तीन प्रतिशत किराँत धर्म लगायत ९४ प्रतिशत भन्दा बढी ओमकार परिवारका जनता रहेको कारण देखाउँदै राप्रपाले संविधान संशोधन प्रस्ताव दर्ता गराएको हो ।

सबै समुदायहरु वीच सौहार्दपूर्ण सम्बन्ध रही एक आपसमा धार्मिक सहिष्णुता रहेको सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र रहने गरी संविधानमा संशोधन हुन उपयुक्त भएकोले धर्म निरपेक्षको सट्टा पूर्ण धार्मिक स्वतन्त्रतासहित सनातन हिन्दु राष्ट्र राख्नका लागि संशोधन विधेयक पेश गरिएको कुन्तीकुमारी शाही,जयन्त चन्द,विक्रमबहादुर थापा,सुशीलकुमार श्रेष्ठ,भाष्कर भद्रा र भक्तबहादुर विकले हस्ताक्षर गरी संसदमा दर्ता गराएको संशोधनमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.