एसईईमा दुई निरीक्षक सहित १३ विद्यार्थी निष्कासित
महोत्तरी : माध्यमिक शिक्षा परिक्षा (एसईई) को तेस्रो दिन आइतबार अनिवार्य गणित विषयको परीक्षामा महोरीको ७ परीक्षा केन्द्रबाट दुई नक्कली निरीक्षकसहित १३ परीक्षार्थीलाई निष्कासित गरिएको छ ।
परीक्षाको मर्यादा उलघंन गर्ने उनीहरुलाई निष्कासन गरिएको हो । चैत्र ३ गतेदेखि देशैभर सञ्चालन भएको एसईई परीक्षाको महोत्तरीमा अनुगन गर्न पुगेका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादव र जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालको अलग अलग टोलीले उनहरुलाई फरक फरक परीक्षा केन्द्रबाट निष्कासित गरेको हो ।
कक्षा कोठामा मोबाइल लगेको र चिठ चोरी गरेको अवस्थामा प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवको टोलीले जन्ता मावि गौरीडाँडा बर्दिबासबाट ६ जना, देउराली उच्च माविबाट ४ जना, लक्ष्मीनारायण उच्च मावि खयरमाराबाट १ जना, जनता उच्च मावि बर्दिबासबाट १ जना र जनता उच्च मावि बिजलपुराबाट १ जना गरी ५ परीक्षा केन्द्रबाट १३ जना परिक्षार्थीलाई निष्कासित गरिएको छ । निष्कासनमा परेका विद्यार्थीको गणित बिषयको परीक्षा पनि रद्द गरिएको छ।
सँगै जिल्ला शिक्षा अधिकारी दाहालको परीक्षा अनुगमन टोलीले सितापुर भंगहा परीक्षा केन्द्रमा खटिएका अशोककुमार मण्डल र लोहारपट्टी परीक्षा केन्द्रमा खटिएका भरत चौधरी गरी दुई जना नकक्ली परीक्षा निरीक्षकलाई निष्कासन गरेको छ।
परिक्षाको पहिलो दिन बिहीबार अनिवार्य अंग्रेजी विषयको परिक्षामा महोत्तरीको विभिन्न परिक्षा केन्द्रबाट ४४ जना, दोस्रो दिन शुक्रबार अनिवार्य नेपाली विषयको परीक्षामा १ केन्द्राध्यक्षसहित ७७ जना परिक्षार्थीलाई निष्कासित गरिएको थियो ।