उज्यालो नेपाल अभियान अध्यारोविरुद्धको लडाई: ऊर्जा मन्त्री
काठमाडौं: ऊर्जामन्त्री जनार्दन शर्माले उज्यालो नेपाल अभियान अध्यारो विरुद्धको लडाई भएको बताएका छन्। नेपाली दूतावास र एनआरएन दक्षिण कोरियाले संयुक्त रुपमा गरेको 'नेपालको ऊर्जा विकासमा कोरियाबाट लगानी' विषयक अन्तरक्रियामा शर्माले उज्यालो नेपाल अभियानले व्यपार घाटा घटाउने बताए।
उनले रेमिट्यान्स परनिर्भरता हटाई अर्थतन्त्र उकास्न ऊर्जाको विकासमा लागेको बताए। नागरिक लगानी कोष, सेना र प्रहरीको कल्याणकारी कोष ,जलविद्युतविकास कम्पनी र नागरिकले ऊर्जामा उल्लेख्य लगानी गर्न सक्ने अवस्था शर्माको भनाइ छ।
कोरियाको आर्जन निर्धक्कसँग जलविद्युत आयोजनामा लगानी गर्न आव्हान गर्दै उनले भने, 'विगतमानिजि क्षेत्रबाट कोरियामा आएका योजना जे जस्ता भएपनि यस पटक सरकार आफैले सम्पूर्ण जिम्मेवारी लिने भएकाले लगानी डुब्छ कि भन्ने कुनै पनि शंका नलिन आग्रह गर्दछु।'