जिल्ला सम्वन्य समितिको बोर्डमा मोर्चाले लेखे मधेस सरकार

जिल्ला सम्वन्य समितिको बोर्डमा मोर्चाले लेखे मधेस सरकार

मलंगवाः जिल्ला समन्वय समिति सर्लाहीको बोर्डमा आइतबार साँझ मधेसी मोर्चाका कार्यकर्ताले प्रदेश मधेस सरकार लेखिएको फ्लास बोर्ड टाँसेका छन् । संघीय समाजबादी फोरम नेपालका सर्लाही जिल्ला अध्यक्ष अशोक कुमार यादवको नेतृत्वमा गएको मोर्चाको कार्यकताले समन्वय समितिको बोर्डमा मोर्चाका कार्यकर्ताले ’प्रदेश मधेस सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय जिल्ला विकास समितिको कार्यालल सर्लाही, मलंगवा लेखिएको बोर्ड टाँसेका हुन् ।

मोर्चाको जारी असहयोग आन्दोलन अन्तर्गत स्थानीय तह कार्यान्वयमा अवरोध गर्दै समन्वय समितिको बोर्ड हटाएर मधेस सरकारको बोर्ड राखिएको अध्यक्ष यादवले जानकारी दिए । २ नम्बर प्रदेश मधेश प्रदेश रहेकोले यहाँका हरेक सरकारी कार्यालयमा मधेश सरकार लेखिने यादवले बताए ।

मधेश मोर्चाको सहमति विपरीत स्थानीय तह पुनसंरचना गरिएको भन्दै मोर्चाले सर्लाहीको दक्षिणी क्षेत्रका अधिकांश नगरपालिका र गाउँपालिकामा तालाबन्दी तथा काममा अबरोध गर्दै आएका छन् । मधेशको माग र मधेशी जनताको चाहना विपरित गरिने कुनै पनि कार्य मोर्चालाई सह्य नहुने यादवले बताए । पुनसंरचना अन्तर्गत सर्लाहीमा १० नगरपालिका र ७ गाउँपालिका घोषणा गरिएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.