परीक्षा दिदैँ ६ दिने सुत्केरी
सिरहाः सामान्यतया सुत्केरी भएपछि यहाँको समाजमा महिला ६ दिनसम्म सुत्केरी घरबाट बाहिर जादैन । उनी अरुस“ग छुन पनि नहुने परम्परा छ । तर, वस्तीपुरकी रिता महतो आफ्नो सबै पिडा बिर्सेर माध्यमिक शिक्षा परिक्षामा परीक्षा दिदैछिन् । उनी यस वर्ष वस्तीपुर माविबाटसहभागी छिन्।
तुलसीराम सत्यभामा डोटेल उच्च माविमा माध्यमिक शिक्षा परिक्षामा सहभागी भएकी रिता कुमारी महतोले अंग्रेजी र नेपाली विषयको परिक्षा दिए । उनी गर्भवती थिइन् । दुई दिन परिक्षा दिएर घर फर्केकी रिताले शुक्रवार बच्चा पाइन, छोरी ।
तर, उनले आफ्नो परिक्षा छोडेनन् । शनिवार उनी ‘रेष्ट’ पाए । उनी सुत्केरी अवस्थामै आइतवारको परिक्षामा पनि सहभागी भएकी छिन् । आफुले सबै परिक्षा दिने उनले सुनाईन् । परीक्षामा सहभागी भएकी महतोलाई हेर्न अनुगमनमा गएका सबैले प्रशंसा गर्छन् ।