दादुरा राेगीलार्इ उपचारको सट्टा पूजापाठ

दादुरा राेगीलार्इ उपचारको सट्टा पूजापाठ

जनकपुरधाम : धनुषा जिल्लाको धनुषाधाम नगरपालिका-१ स्थित मुसहर बस्तीमा कसैलाई दादुरा रोग लाग्यो भने उसको शरीरमा गोसाई (भगवान) आएको भन्दै उपचारको सट्टा पूजापाठ गरिन्छ । बस्तीमा बालबालिका दादुराको चपेटामा पर्दा उपचार नगरी पूजापाठ वा झारफुकबाटै ठीक हुने अन्धविश्वासमा छाडिन्छ ।

एक सातादेखि कडा ज्वरो र दादुराबाट पीडित बनेका बस्तीका दुई जना बालबालिका ७ वर्षीया पूजा सदा र राजु सदालाई गोसाई आएकाले भगवान्ले ठीक गर्छन् भनी बुबाआमाले उपचार नगरी बसेका छन्।आफूहरूको समाजमा यो रोग नभई गोसाई शरीरमा आएको भन्ने मान्यता भएको र यस्तो हुँदा बालबालिकालाई धोतीको सेतो कपडा ओढाएर घरमा राख्ने, उनीहरूलाई निमको पातले बेलाबेला शरीर हम्कीदिने र सात दिनपछि आफूहरूको इष्टदेवकहाँ लगी तेल, सिन्दूर तथा अन्य शृंगारका सामान चढाएपछि यो रोग ठीक हुने मान्यता रहेको पूजाकी आमा मञ्जुले बताइन्। बिरामी परेका बच्चालाई खानपिनमा समेत कुनै ध्यान नदिई छाडिएको हुँदा उनीहरूको शरीर निकै कमजोर भएको देखिन्थ्यो ।


गर्मी मौसम सुरु हुनेबित्तिकै सरसफाइको कमी वा अन्य विभिन्न कारण दादुराको प्रकोप बढ्ने गर्छ । दादुरा रोकथामका लागि बालबालिकालाई जन्मिएको ९ महिनामा दादुरा रोगविरुद्धको खोप र १५ महिनामा रुबेला रोग प्रतिरोधात्मक खोप दिने गरिन्छ । तर, यस बस्तीमा बालबालिकालाई यस्तो खोप लगाउने प्रचलन छैन । खोप लगाउन अस्पताल जानुपर्ने र आफूहरूलाई कहिले खोप लगाइन्छ भन्ने जानकारी नहुँदा खोप लगाउन नजाने गरेको स्थानीय मञ्जु सदाले बताइन् ।

दादुरा भाइरसबाट फैलिने सरुवा रोग भएकाले यसबाट उत्पन्न हुने प्रभावबाट बिरामीको आँखा खराब हुन सक्ने, निमोनिया हुन सक्ने, उनीहरूको शरीरमा पानीको अभाव हुन सक्नेजस्ता विभिन्न समस्या देखा परी समयमा उपचार नहुँदा बिरामीले ज्यान गुमाउन सक्ने खतरासमेत रहने गरेको डाक्टर सुजित झा बताउँछन् । उनका अनुसार यस्तो रोगको समयमा उपचार गरिएन भने एकबाट अर्कोमा सरी महामारी नै फैलन सक्छ ।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.