रेसनारी नेसनल च्याम्पियनसिप

रेसनारी नेसनल च्याम्पियनसिप

काठमाडौं : रेसनारी नेसनल च्याम्पियनसिप २०१७ मोटो स्कुटर रेसिङ शनिबार सम्पन्न भएको छ । उक्त प्रतियोगितामा दीक्षा श्रेष्ठले प्रथम स्थान हासिल गरिन् । त्यसैगरि वर्षा बस्नेतले दोस्रो र सुनिता देसार तेस्रो भएको आयेजकले जनाएको छ । ललितपुरको सातदोबाटोस्थित स्वीमिङ पुल कम्प्लेक्समा आयोजना भएको उक्त रेसिङ च्याम्पियनसिपमा २१ जना महिला राइडरले एक सय १० सीसीको होन्डा नाभी कुँदाएका थिए ।

प्रतियोगिताका विजयी खेलाडीलाई क्रमशः १० हजार, सात हजार र पाँच हजार नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । मोटरसाइकल रेसिङका प्रथम विजेतालाई आगामी वर्ष मलेसिया÷थाइल्यान्डमा हुने एसियाली स्तरको रेसिङमा भाग लिन पठाउने व्यवस्था छ । विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेन्द्र श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

ओमन इन स्पोर्ट एन्ड एडभेन्चर भन्ने देशब्यापी अभियान सञ्चालन गरिरहेको नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) अन्तर्गतको नेपाल मोटरसाइकल फेडरेसन क्लबले सो प्रतियोगिता आयोजना गरेको हो । रेसिङ कार्यक्रम गत वर्षदेखि आयोजना हुँदै आएको छ । नेपालकै लागि नयाँ, रोमाञ्चकारी र साहसिक मानिने उक्त रेसनारी प्रतियोगिता महिला बाइक राइडरलाई लक्षित गरी सञ्चालन गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.