उद्योग विज्ञ सम्मेलन सम्पन्न

उद्योग विज्ञ सम्मेलन सम्पन्न

काठमाडौं : एकेडेमियाका सदस्य, व्यावसायिक विज्ञ र सरकारी कर्मचारीको सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । नेपालको प्रतिभा पलायन नियन्त्रण तथा बेरोजागरी समस्या समाधान गर्ने उपायको खोजी गर्न सम्मेलन केन्द्रित थियो । सम्मेलनमा देशको मानव संसाधनलाई ज्ञान, सीप र प्रविधिसम्पन्न बनाउने दीर्घकालीन उपायका बारेमा सरोकारवालाबीच छलफल भएको थियो ।

नेपालको विकासका लागि श्रमशक्ति उपयोगका विषयमा छलफल गर्न काठमाडौं डन बस्को कलेजसँगको सहकार्यमा मानव संसाधन समाजद्वारा आयोजित दोस्रो उद्योग विज्ञ सम्मेलनका सहभागीले रोजगारी सिर्जना र श्रमशक्तिलाई ज्ञान-संसाधनमा परिवर्तन गर्ने सन्दर्भमा नेपालले सामना गरिरहेका विभिन्न समस्या उठाएका थिए । डन बस्को कलेजका अध्यक्ष श्रीरामभगत माथेद्वारा सहजीकरण गरिएको सम्मेलनमा विभिन्न क्षेत्रका वक्ताले आ-आफ्ना प्रतिनिधि धारणा राखेका थिए । सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै श्रम तथा रोजगार मन्त्रालयका पूर्वसचिव प्रताप पाठकले वैदेशिक रोजगारीमा आत्मनिर्भर रहने परम्परा तत्काल रोक्नु पर्ने धारणा राखेका थिए ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. घनश्यामलाल दासले श्रमसँग सम्बन्धित मुद्दाको व्यवस्थापन र रोजगारी सिर्जनामा नेपालका नीतिनिर्माता र योजनाकारले नै अवरोध सिर्जना गरी आफ्नो असक्षमता प्रदर्शन गरिरहेको बताए । नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले देशको राजनीतिमाथि दोषारोपण गरेर मात्रै श्रमशक्ति व्यवस्थापनमा देखिएका समस्या समाधान नहुने बताए ।

कलेजका कार्यकारी निर्देशक कपिलदेव रेग्मीले वर्तमान अवस्थामा विश्व श्रम बजार र उद्योगको आवश्यकता परिपूर्ति गर्नमा सहायक हुने शिक्षा नीति आवश्यक रहेको बताए । अत्यधिक रोजगारी सिर्जना गर्न सरकारी र निजी दुवै निकायले भौतिक संसाधनको विकासमा ध्यान केन्द्रित गर्नुपर्ने रेग्मीको धारणा थियो । सम्मेलनमा नेपालको उद्योग र श्रमशक्ति व्यवस्थापनसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न क्षेत्रका व्यक्तिको सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.