काँग्रेस सभापति देउवाले भने–चुनाव नभए प्रजातन्त्र खतरामा

काँग्रेस सभापति देउवाले भने–चुनाव नभए प्रजातन्त्र खतरामा

भक्तपुर, ७ चैत नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन कुनै हालतमा नरोकिने बताए । भक्तपुरको लोकन्थलीमा सेामबार नेपाली काँग्रेस नामक पत्रिकाले आयोजना गरेको नेपाली काँग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको सातौँ पुण्य स्मृति दिवस कार्यक्रममा उनले निर्वाचन हुन्न कि भन्ने शङ्का नगर्न कार्यकर्ताहरुलाई आग्रह गरे ।

चुनाव नभए संवैधानिक सङ्कट आउने र यसले प्रजातन्त्र खतरामा पर्ने औँल्याउँदै सभापति देउवाले भने – “चुनाव नहुने कुरै छैन, चुनाव हुन्छ, हुन्छ, हुन्छ, यसमा शङ्का नगर्नुस्, चुनाव नभए संवैधानिक सङ्कट आउँछ, प्रजातन्त्र खतरामा पर्छ।”

चुनावमा जानुको अब विकल्प नरहेकेा,चुनाव नभए प्रजातन्त्र नै नरहने सङ्केत गर्दै चुनावमा होमिन कार्यकर्तालाई देउवाले निर्देशन दिए ।

हिमाल, पहाड र तराईलाई विभाजन गरी यहाँका बासिन्दाको एकता भाँड्ने षड्यन्त्र भइरहेको बताउँदै सभापति देउवाले भने– “तराई, पहाड र हिमालमा बस्ने सबै नेपालीबीच फाटो ल्याउने षड्यन्त्र भइरहेको छ, यसलाई चिर्न पनि काँग्रेसले निर्वाचनलाई सफल पार्न जरुरी छ ।”

कार्यक्रममा नेपाली काँग्रेसका सांसद रामेश्वर ढुङ्गेल, मनमोहन भट्टराई, काँग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेत, काँग्रेस नेता मधु आचार्य, काँग्रेस जिल्ला सभापति दुर्लभ थापालगायतले नेपाली काँग्रेसभित्र गुट उपगुटको अन्त्य गरी एकढिक्का भएर चुनावमा गए जित हासिल हुने बताए।रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.