प्रहरीसँगको झडपपछि कमल थापा पुगे बालुवाटार

प्रहरीसँगको झडपपछि कमल थापा पुगे बालुवाटार

काठमाडौंः उपप्रधानमन्त्री कमल थापा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्। सोमबार दिउँसो निर्वाचन आयोग अगाडि प्रदर्शन गरिरहेका आफ्ना पार्टीका नेता तथा कार्यकर्तामाथि प्रहरीले बल प्रयोगपछि उपप्रधानमन्त्री थापा प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन्।

आपूर्ति मन्त्री दिपक बोहोरासहित पुगेका उपप्रधानमन्त्री थापाले आफूहरुले गरिरहेको शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले बल प्रयोग गरेको र आफ्ना पार्टीका नेता तथा कार्यकर्ता घाइते भएको जानकारी प्रधानमन्त्री प्रचण्डलाई गराएका छन्।

निर्वाचन आयोग अगाडि धर्ना बसेका उपप्रधानमन्त्री थापाले प्रधानमन्त्री निवासमा जानुअघि वीर अस्पतालमा उपचार गराइरहेका घाइते नेता तथा कार्यकर्तालाई भेटेका थिए। प्रधानमन्त्री प्रचण्डसँगको छलफलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक पनि सहभागी छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.