शीर्ष नेताहरुको बैठक बालुवाटारमा
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेस केन्द्रित दललाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउने उपायका बारेमा सत्ता पक्ष र प्रतिपक्षमा रहेका प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गरेका छन्।
सोमबार बिहान बसेको बैठक समय अभावका कारण निष्कर्षमा पुग्न नसकेपछि प्रधानमन्त्री प्रचण्डले साँझ पुन बैठक बोलाएका हुन्। आफनो सरकारी निवास बालुवाटारमा बसिरहेको बैठकमा स्थानीय तहको निर्वाचनमा मधेश केन्द्रित दललाई सहभागी गराउन संविधान संशोधनमा सहमति जुटाउने उपायका बारेमा छलफल भइरहेको स्रोतले बतायो।
स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली,राप्रपाका अध्यक्ष कमल थापा सहितका नेताहरु सहभागी छन्।
आफू एक साताका लागि चीन भ्रमणमा जान लागेका कारण आन्तरिक राजनीतिक बिषयमा सहमति जुटाउने प्रयास स्वरुप प्रधानमन्त्री दाहालले बैठक बोलाएका हुन्।