टुरिजम बैंकद्वारा धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग
काठमाडौं: टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले स्थापनाको सातौं वर्ष पूरा गरी आठौं वर्ष प्रवेश गरेको अवसरमा धुर्मुस सुन्तली फाउन्डेसनलाई आर्थिक सहयोग गरेको छ ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत तेस्रो एकीकृत नमुना मुसहर वस्ती निर्माणमा रहेको फाउन्डेसनलाई पाचँ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
मानवता र सद्भावका लागि निर्माण गर्न लागिएको वस्तीसँगै चरम गरिबीको चपेटाबाट मुसहरलाई मुक्त गर्ने धुर्मुस सुन्तली फाउन्डेसनको सोचको प्रशंसा गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज खड्काले फाउन्डेसनकी कोषाध्यक्ष कुञ्जना घिमिरेलाई सोमबार चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ ।