लायन्सको महाधिवेशन सम्पन्न

लायन्सको महाधिवेशन सम्पन्न

काठमाडौं: लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी १ को पाँचौ महाधिवेशन शनिबार सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना भएको अधिवेशनको प्रमुख अतिथि लायन्स क्लब इन्टरनेसनलका डाइरेक्टर सञ्जय खेतान रहेका थिए ।

बी १ का डिस्ट्रिक गभर्नरको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअन्तर्राष्ट्रिय डाइरेक्टर प्रविन छाजेर, जीएमटी एरिया लिडर नज्मुल हक, मल्टिपल काउन्सिलका चेयरपर्सन सुनिलभक्त श्रेष्ठलगायत, ए १, ए २ र बी २ का डिस्ट्रिक्ट गभर्नर पनि उपस्थित भएको क्लबले जनाएको छ । भृकुटीमन्डपदेखि पुतलीसडक हुँदै प्रज्ञा प्रतिष्ठानसम्म शान्ति पदयात्रा गरी सुरु भएको कार्यक्रममा स्मारिका विमोचन गरिएको थियो ।

कार्यक्रमको दोस्रो सत्रमा लायन वर्ष २०१७/१८ को नेतृत्व चयनका लागि डिस्ट्रिक्टका ६ सय २९ जना मतदाताले मतदान गरेका थिए । जम्मान खसेको मतमध्ये धनराज आचार्यले पाँच सय ६३ मत प्राप्त गरी डिस्ट्रिक्ट गभर्नर पदमा निर्वाचित भएका थिए । त्यसैगरी प्रथम डिस्ट्रिक्ट गभर्नरमा अशोक श्रेष्ठ मनोनित भएका छन् । दोस्रो भाइस डिस्ट्रिक्ट गभर्नरमा इन्दु लम्साल निर्वाचित भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.