एनएमबीद्वारा पेन्टिङ प्रतियोगिता
काठमाडौं : एनएमबी बैंकले चौथो इन्टर स्कूल हेरिटेज पेन्टिङ कम्पिटिसन २०१७ को आयोजना गरेको छ । कक्षा ८ देखि १२ सम्मका पूर्वमा उर्लाबारी र पश्चिममा बुटबललाई आधार मानी आयोजना गरिएको हेरिटेज पेन्टिङ कम्पिटिसनमा कुल ८६ विद्यार्थी सहभागी भएका थिए ।
बैंकले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत विगत केही वर्षदेखि सम्पदा संरक्षणको क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको छ । विगत वर्षमा आयोजना गरेको पेन्टिङ कम्पिटिसनमा सयभन्दा बढी विद्यालयले सहभागिता जनाएका थिए ।
कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बैंकले आयोजना गर्दै आएको हेरिटेज पेन्टिङ कम्पिटिसनको मुख्य उद्देश्य बालबालिकालाई सम्पदा संरक्षणको महŒव बुझाउनु र सम्पदा संरक्षणमा अभिप्रेरित गर्नु रहेको उल्लेख गरे ।