बेलायती राजकुमार भन्छन्,'नेपाल मेरो लागि मुटुको टुक्रा हो'
एजेन्सी: बेलायती राजकुमार प्रिन्स ह्यारीले नेपाल र बेलायतबीचको मित्रता मुटुको टुक्रा भएको बताएका छन्। नेपाल र बेलायतबीचको मित्रता २००औ वर्ष पार गरेको उपलक्ष्यमा नेपाली दूतावासले गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।
राजकुमार ह्यारीले भने, 'नेपाल बेलायतको अभिन्न मित्र मात्र नभएर मेरो लागि मुटुको टुक्रा हो। नेपालको नागरिकसँग मेरो व्यक्तिगत रुपमै साइनो गाँसिएको छ। मलाई नेपाल र नेपालीप्रति अगाध माया छ।त्यसकारण मेरो लागि आजको दिन विशेष दिन हो। यसलाई सधै सुमधुर कायम राखिराखौं।'
कार्यक्रममा उनले गोर्खा सैनिक र ब्रिटिस आर्मीमा आउन चाहने नेपाली सेना तथा गोर्खा भिक्टोरिया क्रसका आफन्तसँग भेटघाटसहित सामूहिक तस्बिर खिचाएका थिए।साथै उनले नेपाली परम्परागत नृत्य समेत हेरेका थिए।
Prince Harry speaks of his great personal affection for the people of Nepal at celebrations marking 200 years of UK-Nepal relations pic.twitter.com/AhF24RDV6h
— Kensington Palace (@KensingtonRoyal) March 20, 2017
सन् २०१६ मा राजकुमार ह्यारीले भूकम्पपछि नेपाल भ्रमणमा आएका थिए। उनले काठमाडौं, बर्दिया र पोखराको अवलोकन गरेका थिए भने भूकम्प प्रभावित क्षेत्र गोर्खामा पीडित परिवारसँग भेटघाट समेत गरकेा थिए।
उनले गोर्खामा भूकम्पपीडितका लागि स्कुल समेत बनाइ दिएका थिए।उनले पोखरामा गोर्खाको हेटक्वाटर, कान्ति बाल अस्पताल र नेपाल गर्ल्स समीटमा भाग लिएका थिए।
Viewing @GurkhaMuseum display incl. an album featuring photos of The Prince of Wales & Prince Harry with Gurkhas pic.twitter.com/Wr09bOniKA
— The Royal Family (@RoyalFamily) June 9, 2015