मुख्यमन्त्री आदित्यनाथलाई गाली गर्ने पक्राउ
एजेन्सी: उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथमाथि सामाजिक सञ्जालमा विवादित तथा आपत्तिजनक अभिव्यक्ति दिने तीन युवा पक्राउ परेका छन्। फरक फरक मुद्दामा बरेली, गाज़ीपुर तथा अमेठीका अल्पसंख्यक समुदायका युवालाई पक्राउ गरिएको हो।
अमेठी पुलिस अनस सिद्दिकी नामकको युवकलाई पक्राउ गरिएको बीबीसीले पुष्टि गरेको छ। उनले मुख्यमन्त्री योगी आदित्यनाथमाथि लक्षित गरेर आपत्तिजनक पोस्ट गरेका थिए।
अमेठी प्रहरी निरीक्षक अनीस अन्सारीले बीबीसीसँग भने, 'आपत्तिजनक पोस्ट गरेको अभियोगमा प्रहरीले युवालाई पक्राउ गरेको छ। हामी थप अनुसन्धान गरिरहेका छौ।'
यस्तै बरेलीको फरीदपुर थाना क्षेत्रमा सलमान अन्सारी नामका अर्का युवक पनि आदित्यनाको आलोचना गर्दै अश्लील तस्बिर ह्वाट्स एपबाट सार्वजनिक गरेको अभियोगमा पक्राउ परेका हुन्।
फरीदपुर प्रहरी चौकीका एसएचओले भनेका छन्, 'आकाश शुक्लको आरोपमा सलमानलाई साइबर एक्टको धारा ६७ तथा भारतको दण्ड संहिताको धारा २९५ ए, ५०५ (२) को नियम बमोजिम पक्राउ गरेर जेल पठाइएको छ।
प्रहरीका अनुसार सलमान अन्सारीले मुख्यमन्त्री योगीमाथि अश्लील तस्बिर व्हाट्सएपमा सेयर गरेका थिए। गाजीपुरमा पनि युवाले यस्तै आपत्तिजनक तस्बिर सामाजिक सञ्जालबाट सेयर गरेपछि पक्राउ परेका हुन्।
गाज़ीरपुर कोतवालीका एसएचओ सुरेन्द्र कुमार पाण्डेका अनुसार बजरंग दलसँग जोडिएका उपेन्द्र कुमार सिंहले बादशाह अब्दुल रज़्ज़ाक नामक युवकविरुद्ध उजुरी दर्ता गराएका थिए। युवकलाई सोमबार राति पक्राउ गरिएको हो। प्रहरीका अनुसार रज्जाकले योगीमाथि आपत्तिजनक अभिव्यक्ति सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।