सिरियाका सबै विद्रोही शान्ति वार्तामा
जेनेभा : सिरियाली सरकार र विद्रोही पक्षका प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसंघको पहलमा यसै साता जेनेभामा हुने दोस्रो चरणको शान्तिवार्तामा सहभागिता जनाउने प्रतिबद्धता जनाएको राष्ट्रसंघले मंगलबार जनाएको छ ।
सिरियाको राजधानी दमास्कस वरपरका क्षेत्रमा पुनः द्वन्द्व चर्किएको जनाउँदै केही विद्रोहीले रूस र टर्की लगायतका मुलुकको पहलमा काजकिस्तानको राजधानी अस्तानामा सहजीकरण वार्तामा केही विद्रोहीले सहभागिता जनाएका थिएनन् ।
सन् २०१७ को फेब्रुअरीमा भएको पहिलो चरणको वार्तामा सहभागी सवै पक्षले दोस्रो चरणको वार्तामा सहभागिता जनाउने प्रतिबद्धता जनाइसकेको राष्ट्रसंघका प्रवक्ता अलेजान्ड्रा भेलुसीले सञ्चारकर्मीसँगको कुराकानीमा बताए । उनले राष्ट्रसंघका सिरियाली शान्तिवार्ताका लागि सहजकर्ता स्टेफेन डे मिस्टुराले आफू जेनेभा फर्किनुअघि अहिले सिरियाली द्वन्द्वरत पक्षलाई शान्तिवार्तामा ल्याउन उल्लेखनीय भूमिका निर्वाह गरिरहेका साउदी अरब, रूस र टर्की लगायतका शक्तिराष्ट्रसँग द्वन्द्वरत पक्षलाई सन्तुलनमा ल्याउन छलफल गरिरहेको बताए ।
डे मिस्टुराले साउदी अरब, रूस र टर्की लगायतका यस क्षेत्रका शक्ति राष्ट्रसँगको कुराकानी गरेपछि राष्ट्रसंघका उपविशेष प्रतिनिधि एजेलदिन राम्जीले सरकार र विद्रोहीबीच छुट्टाछुट्टै द्विपक्षीय वार्ता गरी दोस्रो चरणको वार्ताका लागि छलफल चलाउने भेलुसीले बताए । सम्पूर्ण विद्रोही पक्षको सहभागिताले र शान्तिवार्ताका लागि सकारात्मक ऊर्जा मिल्ने उनले बताए । रासस/एएफपी