प्रज्ञा-प्रतिष्ठानमा विश्व कविता दिवस

प्रज्ञा-प्रतिष्ठानमा विश्व कविता दिवस

काठमाडौं : नेपाल प्रज्ञा-प्रतिष्ठानले विश्व कविता दिवस (२१मार्च) का अवसरमा मंगलबार विशेष कवि गोष्ठी गरेको छ ।कवि गोष्ठीका प्रमुख अतिथि प्रतिष्ठानका पूर्वकुलपति एवं कवि बैरागी काइँलाले समाजसँग प्रत्यक्ष संवाद गर्ने विधा नै कविता भएको धारणा राखे । उनले भने, 'सामाजिक सद्भाव कायम गर्न पनि कविताको अहम् भूमिका रहन्छ ।'

प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले विश्व कविता दिवस विश्वभरिका कविका लागि भ्रातृत्व, शान्ति र सद्भाव प्रकट गर्ने पर्वका रूपमा मनाउँदै आएको उल्लेख गरे ।गोष्ठीमा ३४ जना नयाँपुराना पुस्ताका कविहरूले कविता वाचन गरेका थिए ।

कवि विमल निभा, श्यामल, पुरुषोत्तम सुवेदी, पूर्णविराम, ज्ञानुवाकर पौडेल, विजय सुब्बा, वासुदेव अधिकारी, प्रतिसरा सायमी, विप्लव ढकाल, मोमिला, भीष्म उप्रेती, उमेश राई अकिञ्चन, केवल विनावी, केशव सिलवाल, कृष्ण प्रधान, गीता कार्की, गीता त्रिपाठी, टंक उप्रेती, धर्मेन्द्रविक्रम नेम्बाङले कविता सुनाएका थिए ।

त्यसैगरी निभा शाह, बाबु त्रिपाठी, मणि लोहनी, मदन राई 'लामाखुले', यशोदा अधिकारी, राजु स्याङ्तान, रामप्रसाद ज्ञवाली, बिना थिङ, विमला तुम्खेवा, शकुन्तला जोशी, सुरेश किरण, स्नेह सायमी, स्वप्निल स्मृति, हरिहर तिमिल्सिनाले पनि कविता वाचन गरेका थिए ।

कार्यक्रममा उपकुलपति डा. विष्णुविभु घिमिरेले कविता व्याख्या गर्ने नभएर अनुभूत गर्ने विधा भएको जिकिर गरे । उनले भने, 'आजका कविताहरू सुन्दा यही पुष्टि हुन्छ ।' प्रतिष्ठानका काव्य विभाग प्रमुख एवं कार्यक्रम संयोजक प्राज्ञ डा. अमर गिरीले युनेस्कोले सन् २००० देखि विश्व कविता दिवस मनाउन आरम्भ गरेको उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.