टीभी बजारमा एलजीको नयाँ आयाम

टीभी बजारमा एलजीको नयाँ आयाम

काठमाडौं : एलजी इलेक्ट्रोनिक्सले दक्षिण कोरियाको सियोलस्थित आर एन्ड डी केन्द्रमा 'सुपर युएचडी टीभी लाइन फिचरिङ नानो' को उद्घाटन गर्यो । यसलाई विश्व टिभीको बजारमा एलजीको नयाँ कदमको रूपमा हेरिएको छ ।

नानो सेलका साथ निर्माण हुन लागेको कम्पनीको सुपर युएचडी टीभी सन् २०१७ को अप्रिलदेखि कोरिया, अमेरिकालगायत देशमा उपलब्ध हुनेछ । एलजीले निर्माण गर्न लागेको उक्त टीभीले विश्वभर टेलिभिजनको बजार तथा उद्योगमा विशेष महत्व राख्ने अपेक्षा गरिएको छ ।

एलजीको तेस्रो पुस्ताका रूपमा चिनिने सुपर युएचडी टीभीको नानो फिचरका सेलका टीभीले रंग, उत्पादन र प्रदर्शन गर्ने, शुद्ध र सफा इमेज प्रवाह गर्ने, प्रकाश तथा ध्वनिका तरंग शोषण गर्न सक्नेछ । कुनै विशिष्ट रंगलाई नयाँ र मिश्रित देखाउन सक्ने यसको प्रमुख विशेषता हो । यसका साथै उच्च र चहक दृश्यसहितको विभिन्न कोणबाट-टाढा वा नजिक जहाँबाट हेर्दा पनि प्रस्ट र वास्तविकता हेराइको अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

नानो फिचरको उद्घाटन अवसरमा एलजीको सिग्नेचर ओएलईडी टीभीबारे चर्चा भएको थियो । आकर्षण डिजाइन र त्यसमा प्रयोग भएको प्रविधिले विश्व बजारमा तहल्का मच्चाइरहेको कम्पनीको दाबी छ । कोरिया तथा अमेरिकन बजारमा ठूलो मात्रामा प्रचलनमा आएको यो टीभीमा प्रयोग भएको स्मार्ट इमेज, आकर्षण डिजाइन र साउन्ड सिस्टम प्रमुख विशेषता हुन् ।

एलजीको सिग्नेचरसहितको ओएलईडी टीभीको डिस्प्ले टीभी उद्योगको उच्चस्तरीय प्रविधिअन्तर्गत पर्छ । यसको डिजाइन डब्लु७ श्रेणीको उत्कृष्ट र आकर्षक स्क्रीन भएको टेलिभिजनमा पर्दै आएको छ । ओएलईडी टीभी प्राविधिको मद्दतले यसले डिस्प्ले गर्ने चित्र-इमेजका रंग र प्रकृति वास्तविक-जीवन्त देखिने कम्पनीले जनाएको छ । कम्पनीको अनुसार चार एमएमसम्मका ६५ टीभी भित्तामा राखेर टीभी हेर्दा फरक अनुभव लिन सकिनेछ । एलजीको ओएलईडी टीभी लाइनमा पहिलोपटक बजारमा एटमस साउन्ड सिस्टमको प्रयोग भएको छ । टीभीमा प्रयोग भएको डब्ली एटमस साउन्ड सिस्टमले प्रयोगकर्तालाई वास्तविक संसारको अनुभव प्रदान गर्नेछ ।

कम्पनीको ७७ इन्च भर्जनका टीभीले बेस्ट अफ सीईएस इनोभेसान अवार्डबाट सम्मानित भइसकेको छ । यसका साथै कम्पनीले अबको केही समयमा कोरिया बजारमा फोरके ओएलईडी टीभीसमेत सार्वजनिक गर्ने जनाएको छ । यसैगरी, कम्पनीले एलजी ओएलईडी टीभी र सुपर युएचडी टीभीको एचडीआर क्षमता क्षमतामा पनि बढोत्तरी गरेको छ ।

वेब ओएस ३.०मा आधारित एलजीका स्मार्ट टीभीले आफ्ना सबै प्रिमियम उपभोक्ताको प्रयोगमा सुलभता ल्याएको छ । यसको म्याजिक रिमोट र म्याजिक लिंकले प्रयोगमा सहज र प्रभावकारी रहेको कम्पनीले जनाएको छ । कार्यक्रममा एलजी इलेक्ट्रोनिक्स होम इन्टरटेन्मेन्ट कम्पनीका अध्यक्ष ब्रेन नोनले एलजीको २०१७ टीभी लाइनअप फिचर स्टेट अफ द आर्ट प्रविधिमा आधारित रहेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.