विश्व मुख स्वास्थ्य दिवस आयोजना

विश्व मुख स्वास्थ्य दिवस आयोजना

काठमाडौं : विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । वल्र्ड डेन्टल फेडरेसनको आह्वानमा हरेक वर्ष मार्च २० का दिन विश्व मुख स्वास्थ्य दिवस मनाइने गरेको छ । 'जसको दाँत सबल, उसको जीवन सफल' भन्ने नारासाथ यस वर्ष यो दिवस मनाइएको छ ।

विश्व मुख स्वास्थ्य दिवस २०१७ को अवसरमा नेपाल डेन्टल एसोसिएसनले पेप्सोडेन्टको सहकार्यमा सोमबार आर्मी अफिसर क्लबदेखि काठमाडौंको विभिन्न स्थानमा मुख स्वास्थ्यसम्बन्धी बृहत् जनचेतनामूलक र्याली आयोजना गरेको थियो । र्यालीमा हजारभन्दा बढी डाक्टर, डेन्टल एसिस्टेन्ट, काठमाडौंका विभिन्न दन्त कलेजका विद्यार्थी सहभागी थिए ।

सहभागी सबैलाई पेप्सोडेन्टको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । यसका साथै निःशुल्क डेन्टल चेक–अप पनि आयोजना गरिएको संघले जनाएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मन्त्री प्रेम बहादुर सिंहले सरकारले ल्याएको राष्ट्रिय मुख स्वास्थ्य नीति २०७० ले नेपालका सम्पूर्ण जनताले मुख स्वास्थ्यको गुणस्तरीय सेवा पाउने बताए ।

वल्र्ड डेन्टल फेडरेसनका अनुसार पेप्सोडेन्ट जस्तो फ्लोराइडयुक्त टुथपेस्टले दिनमा दुई पटक दाँतको ब्रस गर्नाले गिजा र दाँतलाई बचाउन धेरै मद्दत गर्छ । नेपालमा स्कुलका बच्चालाई मुख स्वास्थ्यबारे निरन्तर जानकारी दिन पेप्सोडेन्टले डेन्टल क्याम्पस, स्कुल अवेरनेस प्रोग्राम्स, स्माइल कारनिभलजस्ता विभिन्न गतिविधि गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.