एक्साइड ब्याट्रीद्वारा डिलरलाई भ्रमण
काठमाडौं : सिप्रदी ट्रेडिङ प्रालिअन्तर्गत एक्साइड ब्याट्रीले आफ्ना डिलरलाई प्रोत्साहित गर्न र मनोरञ्जनका लागि दुबई, इन्डोनेसिया र थाइल्यान्डको भ्रमण कार्यक्रम आयोजना गरेको छ । उक्त भ्रमणबाट डिलरमाझ एउटा ऊर्जाको विकास भएको कम्पनीले बताएको छ ।
उक्त कार्यक्रमले कम्पनी र डिलरबीच राम्रो सम्बन्ध कायम भएको कम्पनीका महाप्रबन्धक सुरेशकुमार तिवारीले बताएका छन् । कम्पनीले यस्ता कार्यक्रम आगामी दिनमा पनि आयोजना गरिने र अन्य विकसित देशको भ्रमण गराउने योजना बनाएको छ ।
सो योजनाअनुरूप कम्पनीले एक महिनाभित्र युएसए र चीन भ्रमण गराउँदै छ । उक्त भ्रमणले डिलरको व्यक्तिगत र मानसिक विकासमा मद्दत पुर्याउने कम्पनीले विश्वास लिएको छ ।