गल्फ लुब्रिकेन्टको टेक्निकल मिट सम्पन्न

गल्फ लुब्रिकेन्टको टेक्निकल मिट सम्पन्न

काठमाडौं : गल्फ लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक नेपाल ल्युब आयल र काठमाडौंका लागि आधिकारिक वितरक एभ ट्रेडिङ प्रालिको आयोजनामा राजधानीमा टेक्निकल मिट सम्पन्न भएको छ । उक्त मिटमा दुई तथा चारपांग्रे सवारी साधनका मेकानिक्स, रिटेलर व्यवसायी तथा अटोमोबाइल सम्बद्ध दुई सयभन्दा बढी व्यक्ति सहभागी थिए ।

एभ ट्रेडिङका प्रबन्ध-निर्देशक मधुसूदन सिग्देलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला प्रमुख अतिथि र नेपाल अटोमेकानिक्स व्यवसायी महासंघका महासचिव ठाकुरप्रसाद न्यौपाने तथा नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष दिलबहादुर श्रेष्ठ विशिष्ट अतिथि रहेका थिए ।

उक्त अवसरमा महासंघका महासचिव सिटौलाले लुब्रिकेन्ट्सकै कारण यातायात व्यवसायीको व्यवसायसमेत वृद्धि हुने र यसले सडक दुर्घटनामा कमी ल्याउने बताए । नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका महासचिव न्यौपानेले मेकानिक्सका लागि गरिएका यसप्रकारका कार्यक्रमले उनीहरूलाई लुब्रिकेन्टका विभिन्न प्रविधिबारे जानकारी प्राप्त हुने बताए ।

उक्त अवसरमा गल्फ लुब्रिकेन्टको प्राविधिक पक्षबारे जानकारी दिइएको थियो । नेपाल ल्युब आयल लिमिटेडले २५ वर्षभन्दा लामो समयदेखि गल्फ आयल निर्माण गरी बिक्री गरिरहेको छ । यसले गल्फ आयल इन्टरनेसनल र गल्फ आयल भारतसँग प्राविधिक सम्झौता गरी लुब्रिकेन्ट निर्माण गरेको कम्पनीले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.