बिमस्टेक सुरक्षा प्रमुख बैठकः आतंकवाद हटाउन साझा सुरक्षा योजना

बिमस्टेक सुरक्षा प्रमुख बैठकः आतंकवाद हटाउन साझा सुरक्षा योजना

नयाँदिल्लीः आतंकवाद नियन्त्रण एवं कट्टरपन्थी समूहका गतिविधि रोक्नुपर्नेमा जोड दिँदै वे अफ बंगाल इनिसएटिभ फर मल्टिसेक्टरल टेक्निकल एन्ड इकोनोमिक कोअपरेसन (बिमस्टेक) सदस्य राष्ट्रका सुरक्षा प्रमुखको पहिलो बैठक मंगलबार सकिएको छ । नयाँदिल्लीको हैदरावाद हाउसमा सम्पन्न बैठकमा बिमस्टेक सदस्य राष्ट्रको आर्थिक समृद्धि तथा मानवीय सुरक्षाका लागि बंगालको खाडी क्षेत्रको शान्तिसुरक्षालाई विशेष महत्वव दिइएको छ ।

बंगालको खाडी क्षेत्रको शान्ति र स्थिरताका लागि आतंकवाद सबैभन्दा ठूलो ‘खतरा' रहेको बैठकको निष्कर्ष छ । बैठकपछि भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यस क्षेत्रको आर्थिक विकास एवं सुरक्षाका लागि सदस्य राष्ट्रका सुरक्षा संगठनबीच कानुन कार्यान्वयन तथा सीप–ज्ञानको क्षमता अभिवृद्धिका लागि समन्वय बढाउँदै लैजानुपर्ने सहमति भएको उल्लेख छ ।

बंगालको खाडी क्षेत्रको महत्ववलाई दृष्टिगत गरी मानवीय सहायता, जोखिम राहत एवं समुद्री सुरक्षा सहयोग बलियो बनाउने सहमतिसमेत भएको छ । सदस्य राष्ट्रबीच आतंकवाद र अपराधविरुद्ध साझा सुरक्षा योजना बनाउने र साइबर सुरक्षाका लागि साइबर संस्थानबीच साझा मञ्चका माध्यमबाट सहयोग आदानप्रदान गर्ने सहमति पनि भएको छ ।


बैठकले सदस्य राष्ट्रबीच सुरक्षाका विषयमा छलफल तथा संवादलाई प्रोत्साहित गर्न सुरक्षा वार्ता फोरम स्थापना गर्ने निर्णय पनि गरेको छ । आतंकवाद प्रतिवाद तथा अन्तरदेशीय अपराध नियन्त्रण गर्न गठित संयुक्त कार्यसमूह तथा उपसमूहले गरेका कार्यप्रगतिको समीक्षा गर्दै सदस्य राष्ट्रका सुरक्षा प्रमुखले उक्त कार्यप्रगतिको नियमन गर्ने निर्णय पनि गरिएको छ । हिमालय क्षेत्र तथा खाडी मुलुकको इकोलोजी सिस्टमको अवस्था र त्यसले मानवीय सुरक्षामा पर्ने असरबारे अध्ययनका लागि वैज्ञानिक संस्थानलाई आकर्षित गर्न हिमालयन विज्ञान परिषद् स्थापना गर्ने विषयमा समेत छलफल भएको छ ।

बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ नेतृत्वमा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख निर्देशक दिलीप रेग्मी र नेपाल प्रहरीका डीआईजी प्रकाश अर्याल सहभागी थिए । बैठकमा क्षेत्रीय आतंकवाद, साइबर सुरक्षा, सुरक्षा चुनौती, राष्ट्रिय सुरक्षाका लािग अवसर तथा सहकार्यका विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । भारत सरकारले आयोजना गरेको पहिलो बैठकको समापन सत्रलाई भारतीय सुरक्षा सल्लाहकार अजित डोभलले सम्बोधन गरेका थिए । सदस्य राष्ट्रका सुरक्षा प्रमुखलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेटसमेत गरेका थिए । प्रत्येक वर्ष बैठक बस्ने निर्णयअनुसार आगामी वर्ष बंगलादेशले बैठक आयोजना गर्ने सहमति भएको छ ।

आतंकवादका लागि पाकिस्तानलाई जिम्मेवार मान्दै आएको भारतले दक्षिण एसियाली क्षेत्रीय संगठन (सार्क)को अस्तित्वलाई नै साइडमा राखेर बिमस्टेक सदस्यहरूको साथ लिएर पाकिस्तानमाथि दबाब सिर्जना गर्न सुरु गरिसेकेको छ । बिमस्टेक सदस्य राष्ट्रका सुरक्षा सल्लाहकारको यो बैठक पनि त्यसैको एउटा कडीका रूपमा रहेको बुझिएको छ ।

बैठकमा बिमस्टेक सदस्य राष्ट्र नेपाल, भारत, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका तथा थाइल्यान्डका सुरक्षा प्रमुख सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.