यसकारण हाम्रो विद्यालय उत्कृष्ट

यसकारण हाम्रो विद्यालय उत्कृष्ट

१.'शिक्षा र संस्कार सँगै'
सानो भर्याङमा अवस्थित यस विद्यालयको स्थापना सात वर्षअगाडि भएको हो । विद्यालयमा हाल साढे तीन सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयको क्षमता साढे चार सयदेखि पाँच सयसम्म भएकाले यस वर्ष पनि छानेर जम्मा सय जना मात्रै विद्यार्थी भर्ना लिने लक्ष्य विद्यालयले लिएको छ ।

कक्षा १० सम्म नै सञ्चालनमा रहेको यस विद्यालयमा एउटा कक्षामा २५ देखि २८ जनासम्म विद्यार्थी अध्ययनरत छन् । 'स्कुल विथ डिफरेन्स' भन्ने विद्यालयको आदर्श वाक्य रहेको छ । विद्यालयमा परम्परागत तरिकाले अध्यापन गराइने अन्य विद्यालयमा भन्दा मल्टीमिडियामा आधारित भएर पढाइने गरिन्छ । प्रविधिको प्रयोग गरेर विद्यार्थीलाई व्यवहारिक ज्ञान विद्यालयमा दिइन्छ ।

शिक्षासँगै संस्कार पनि दिनुपर्छ भन्ने विद्यालयको मान्यता हो । कराते, गायन, संगीत, ललितकला, साहित्यिक प्रतियोगिताका साथै प्रायः सबै खालका खेलकुदको व्यवस्था विद्यालयमा छ । विद्यालयमा करिब पचासजना कर्मचारी छन् । सम्पूर्ण शिक्षक सम्बन्धित क्षेत्रमा दक्ष र अनुभवी रहेका विद्यालयको दाबी छ । विद्यालयमा यो वर्षको भर्ना सुरु भइसकेको छ । अगामी १७ गते भर्ना परीक्षा तय गरिएको छ ।
एनआईसी एकेडेमी, प्रकाशराज रेग्मी

२.'विद्यार्थीलाई व्यवहारिक शिक्षा'

२०५२ सालमा स्थापना भएको कौटिल्य स्कुल सुविधानगर तीनकुनेमा अवस्थित छ । कक्षा १० सम्म पढाइ हुने यस विद्यालयमा करिब ६ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयका कक्षामा एउटा सेक्सनमा २५ जनाभन्दा बढी विद्यार्थी राखिँदैन । विद्यालयले अरूले भन्दा अलि फरक ढंगमा पठनपाठन गराइने र स्मार्ट क्लासको पनि सञ्चालन गरिरहेको छ ।

त्यसैगरी विद्यार्थीलाई दैनिक रूपमा उपयोगी हुने खालको शिक्षा प्रदान गर्नका लागि कक्षा ७ देखि ९ सम्मका विद्यार्थीलाई व्यवहारिक शिक्षा पनि दिने गरिएको छ । यही कारणले गर्दा घरमा गएको बत्तीको फ्युज बनाउन उनीहरू आफैं सक्षम हुन्छन् । यस्तै अन्य सीपले उनीहरूलाई दिनचर्या निकै सहज बनाएको छ । काठमाडौंको मुटुमा रहेको यस विद्यालयबाट एसएलसी परीक्षामा हालसम्म अधिकतम विद्यार्थीले ए प्लस नै ल्याउने गरेका छन् ।

यो वर्ष पनि ६० जना विद्यार्थीले सो परीक्षा दिएका छन् । विद्यालयमा जम्मा ५५ जना कर्मचारी रहेका छन् । विद्यार्थीका रुचिअनुसार विद्यालयमा रहेका १२ वटा क्लबमा विद्यार्थी आबद्ध हुन सक्ने व्यवस्था मिलाइएको छ । विद्यालयमा सामान्य शुल्कमा नै मन्टेसरी कक्षा सञ्चालन गरिएको छ । यो वर्षको भर्ना वैशाख ६ गतेदेखि सुरु हुने भएपनि यसका लागि भर्ना परीक्षा भने २७ र २८ सञ्चालन गरिने भएको छ।
प्रमोद सिलवाल प्राचार्य, कौटिल्य स्कुल ।

३.'विद्यार्थीलाई संस्कृत शिक्षा'

मध्यबानेश्वरमा रहेको भ्याली भ्यू स्कुलको स्थापनाको धेरै वर्ष बिते पनि प्रोफेसनल एजुकेटर्स लिमिटेडको व्यवस्थापना यो आएको १२ वर्ष भयो । हाल विद्यालयमा १ हजार १५ जना विद्यार्थी अध्ययनरत छन् । कक्षा १० सम्म रहेको विद्यालयको सानो कक्षामा ३० जना, निम्न माध्यमिक तहमा ३५ जना र माध्यमिक तहमा ४० जना विद्यार्थी रहेका छन् ।

विद्यालयमा कक्षा १ देखि ४ सम्म संस्कृत शिक्षा पनि पढाइने गरिन्छ । त्यसैगरी बढीभन्दा बढी भाषाको ज्ञान दिने लक्ष्य र अभिभावकको रुचिका कारण कक्षा ४ देखि ७ सम्मका विद्यार्थीलाई चिनियाँ भाषा पनि सिकाइन्छ । अतिरिक्त क्रियाकलाप अन्तर्गत संगीत, गायन, नृत्यलगायतका विभिन्न खेल पनि सिकाइन्छ । आईसीटीमा आधारित रहेर विद्यार्थीलाई कक्षा लिइने गरिन्छ । बेलाबेलामा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्नुका साथै विद्यार्थीको रुचिअनुसारकै वातावरण विद्यालयमा होस् भन्नेमा विशेष ध्यान दिने गरिएको छ ।

विद्यालयमा हाल ७३ जना कर्मचारी छन् । एसएलसीको नतिजा सधैं उत्कृष्ट आउने गरेको छ । २०७१ सालमा नेपालभरबाट उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयबाट यस वर्ष एसएलसी दिने एघारौं ब्याचका विद्यार्थी रहेका छन् । विद्यालयमा यस वर्ष कक्षा १ देखि ७ सम्म भर्ना खुलेको छ । कक्षा १ मा ३० देखि ४० जना नयाँ भर्ना लिइनेछ भने अरू कक्षामा कुनै विद्यार्थीले छाडेमात्रै नयाँ भर्ना लिइनेछ ।
ध्रुवप्रसाद पोखरेल, प्राचार्य, भ्याली भ्यू स्कुल ।

४.'विद्यार्थीलाइ प्रशस्त खुला ठाउँ'

यस विद्यालयको स्थापना भएको २३ वर्ष भयो । हाल विद्यालयमा करिब चार सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । कक्षा प्ले ग्रुपदेखि १० सम्म सञ्चालनमा रहेको छ । विद्यालयको भौतिक संरचना यसको विशेषता हो । कुसुन्तीमा करिब नौ रोपनीको क्षेत्रफलमा विद्यालय फैलिएको छ । अमेरिकी प्रविधिमा आधारित भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरिएका छन् ।

विद्यालय हाताभित्र प्रिपाइमरी, प्राइमरी र सेकेन्डरी गरी छुट्टाछुट्टै भवन रहेका छन् । त्यसैगरी होस्टेल, क्यान्टिन, बास्केटबल कोर्ट, फुटसललगायतका सबै सुविधा विद्यालय हाताभित्रै उपलब्ध गराइएको छ । साना कक्षाका विद्यार्थीका लागि खेल्ने चौरको पनि व्यवस्था छ । अहिले घरमा पनि त्यति धेरै खेल्ने ठाउँमा उपलब्ध नहुने भएकाले विद्यार्थीको सर्वांगीण विकासका लागि खेल्ने ठाउँलाई प्राथमिकता दिइएको विद्यालयका प्रबन्ध निर्देशक सञ्जीव पन्थीले बताए ।

प्रत्येक कक्षामा ३० जनाभन्दा बढी विद्यार्थी राख्ने गरिएको छैन । विद्यालयमा ५० जनाभन्दा बढी शिक्षकशिक्षिका रहेका छन् । प्रत्येक वर्ष माछापुच्छ्रे सिंगिङ एण्ड डान्सिङ आइडल सञ्चालन हुने गरेको छ । त्यसैगरी एक बृहत् विज्ञान प्रदर्शनी पनि त्यहाँको आकर्षण हो । हरेक वर्ष साताभरि विभिन्न खेलकुद उत्सव पनि गरिने गरेको छ । नयाँ भर्नाका लागि फर्म खुला गरिसकिएको छ भने चैतको अन्तिम साता भर्ना परीक्षा हुने भएको छ ।
सञ्जीव पन्थी, माछापुच्छ्रे इन्टरनेशनल स्कुल ।


५. धर्म र संस्कृतिको प्रवद्र्धनमा जोड

२०६५ सालमा स्थापना भएको यस विद्यालय महालक्ष्मीस्थान, ललितपुरमा रहेको छ । विद्यालयमा पाँच सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । त्यसैगरी ४५ जना कर्मचारी विद्यालयमा रहेका छन् । विद्यालयमा विद्यार्थीको भीड नभएको र शान्त वातावरणमा अध्ययनको व्यवस्था मिलाइनु नै विद्यालयको विशेषता बताउँछन्, विद्यालयका भाइस प्रिन्सिपल हरिबहादुर खत्री । त्यसैगरी हरेक विद्यार्थीलाई व्यक्तिगत केयरको आधारमा विद्यालयमा पढाउने गरिन्छ ।

विद्यार्थीको सम्पूर्ण विकासका लागि आवश्यक पर्ने प्रविधिदेखि अतिरिक्त क्रियाकलाप विद्यालयमा गराइन्छ । अतिरिक्त क्रियाकलापअन्तर्गत गायन, नृत्य, कराते, तेक्वान्दोलगायतका अन्य सबै खेल विद्यार्थीलाई सिकाइन्छ । विद्यालयमा डिजिटल कक्षा पनि सञ्चालन हुने गरेको छ । एउटा कक्षामा बढीमा ३० जना मात्रै विद्यार्थी राख्ने गरिन्छ । विद्यालयमा चिनियाँ कक्षा पनि सञ्चालन हुने गरेको थियो । यद्यपि भूकम्पपछि यसलाई निरन्तरता दिन नसके पनि निकट भविष्यमै सुरु गर्ने विद्यालयले जनाएको छ । विद्यालयबाट एसएलसी दिने हाल नवौं ब्याचका विद्यार्थी हुन् । पूर्वप्राथमिकदेखि कक्षा १२ सम्म रहेको उक्त विद्यालयबाट एसएलसी दिने विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउने गरेका छन् ।
हरिबहादुर खत्री, सह प्राचार्य क्यारिबियन उमावि ।


६. 'कान्जिरोवा एक्टिभिटीमा आधारित स्कुल'

कान्जिरोवा इन्टरनेशनल स्कुल बिल्कुल क्रियाकलापमा आधारित स्कुल हो । यस स्कुलमा विशेष गरी कम्युनिकेशन सीप र रिडिङ कल्चरलाई प्राथमिकता दिएका छौं । हाम्रो स्कुलमा आफ्नै ल्याब छन् । डोन प्रोजेक्ट पनि ल्याएका छौं । यस्तो प्रोजेक्टले नेपाल जस्तो पहाडी मुलुकमा डोनको माध्यमबाट औषधि उपचार लगायत कसरी गराउन सकिन्छ भनेर विद्यार्थीलाई सिकाउँछौं । यो विज्ञानको एउटा पाटो नै हो । हामी विद्यार्थीहरूलाई इलेक्ट्रोनिक ज्ञान पनि दिन्छौं ।


त्यस्तै हाम्रा प्रत्येक विद्यार्थीहरूलाई पूरा ध्यान दिन्छौं । हाम्रो स्कुलमा शिक्षकहरू सबै लामो अनुभव र तालिम प्राप्त छन् । विषेश गरी ज्ञानलाई महत्वपूर्ण दिने भएकाले रिजल्ट दोस्रो प्राथमिकतामा राख्छौं । तैपनि हाम्रा शतप्रतिशत विद्यार्थीहरूले थ्री प्लस ल्याएका छन् ।

हामी अन्तर्राष्ट्रिय सम्बन्धमा पनि ध्यान दिन्छौं । विभिन्न मुलुकबाट ट्रेनरहरू आउँछन् जसले विद्यार्थी र शिक्षक दुबैलाई तालिम दिन्छन् । भर्खरै पनि अमेरिका र इजरायलबाट आएका थिए । यसले गर्दा हाम्रा विद्यार्थीहरूले इन्टरनेशनल एक्सपोजर पाएका छन् । कपिलदेव रेग्मी, कार्यकारी निर्देशक,कोटेश्वर ।

७.'हरेक बच्चालाइ लिडर बनाउँछौं '

प्रत्येक बालबालिका भोलिका लिडर हुन् भन्ने अवधारणामा बालबालिकालाई अध्यापन गराउँदै आएको छ काव्य स्कुलले । सन् २००७ मा स्थापित यो स्कुलको इतिहास हेर्दा पनि स्कुल सकाएर जाने बालबालिकाहरूले धेरै राम्रो गरिरहेका छन् । किनकि हामी बालबालिकालाई यति नम्बर ल्याऊ उति नम्बर ल्याऊ भनेर भन्दैनैाँ ।

हाम्रो स्कुलमा नेपाल सरकारको पाठ्यक्रमअनुसार पढाइ गराउँछौं तर सबै कुरा प्रोजेक्टमा आधारित बनाएर सिकाउँछौं । किनकि हामी बच्चाको पछि गएर नेतृत्व गर्ने क्षमता, उसको सृजनात्मकता, प्रस्तुति, क्रिटिकल थिंकिङ, कोलाबरसेन, इम्याजिनेसन, अरूले दिएका प्रतिक्रिया आदिलाई कसरी लिन्छ, त्यो सम्पूर्ण सिकाउँछौं । उनीहरूलाई आत्मविश्वास, सीप र तार्किक हिसाबमा कुरा गर्न सिकाउँछौं ।

उनीहरूलाईं आफैंले रिसर्च गरेर होमवर्क गर्न लगाउँछौं । हाम्रा स्कुलहरूमा बालबालिकालाई प्रोजेक्ट गर्न दिइन्छ र घरमा प्यारेन्ट्सले उनीहरूको प्रोजेक्ट गरेर पठाइदिन्छन् । हामी बालबालिकालाई कक्षामा जे सिकाउँछौं, त्यही कुरा व्यवहारमा पनि उतारोस् भन्ने हो । त्यसैले उनीहरूलाई एउटा विषयको ज्ञान अर्कोमा कसरी रूपान्तरण गर्ने त्यसमा पनि पोख्त बनाउँछौं ।

एकअर्को विषयका ज्ञान समन्वय गर्न सिकाउँछौं । पढ्ने बानीको विकास गर्नका लागि जोड गराउँछौं । कक्षा पाँचसम्म हामी होमवर्क गर्न दिँदैनौं, किनकि बालबालिकालाई होमवर्क भन्नासाथ बोझ नहोस् भन्ने हो । पढाउँदै आएका शिक्षकहरूलाई हामी बेलाबेलामा तालिम दिन्छौं । हामी वास्तवमा प्रत्येक बच्चालाई नेतृत्व गर्ने क्षमतासहितको बनाउँछौं ।
नवराज बास्तोला, प्रिन्सिपल, काव्य स्कुल, नयाँ बानेश्वर ।

८. 'शरीर, मन-मस्तिष्कको विकास त्रियोग'

धापासीस्थित १९८७ मा स्थापना भएको त्रियोग हाई स्कुललाई शरिर, मन र मस्तिष्कको संयोगमा लिएका छन्, प्रिन्सिपल नीलाद्री एल परिएलले । इमान्दारी, सम्मान, संवेदनशीलताको मूल्यमा केन्द्रित रहेर त्रियोगले विद्यार्थीलार्ई २१ औं शताब्दी सुहाउँदो सीप बालमैत्री पद्धतिमा शिक्षा प्रदान गर्दै आएको बताउँछन्, उनी । शैक्षिक ज्ञानमात्रै नभएर बालबालिकाको आत्मविश्वास बढाउने प्रशस्त आधार तय गरिदिएको उनी बताउँछन् । विद्यार्थीका लागि विद्यालय एउटा प्लाटफर्म बनेको छ ।

हाम्रा बालबालिकालाई रिसर्च केन्द्रित सिकाइमा जोड दिँदै आएका छौं । कक्षाकोठालाई एउटा खुला छलफल केन्द्र बनाउँछौं किनकि कुनै पनि पाठ पढाउनुपूर्व हाम्रा पुस्तक वा इन्टरनेटबाट बालबालिकाले रिसर्च गरेर आएका हुन्छन् । बालबालिकालाई समाजसँग जोडेर राख्नलाई विभिन्न क्रियाकलापमा सक्रिय राख्छौं । हाम्रा बालबालिकाहरू जुनियर रेडक्रस शाखामा आबद्ध छन् ।

गरिब बालबालिकाका लागि खानेकुरा संकलन, स्टेशनरी तथा लत्ताकपडा संकलनमा जस्ता कार्यमा काम गरिसकेका छन् । उनीहरूले स्कुलको म्याग्जिन निकाल्दै आएका छन् । यसका लागि विभिन्न क्षेत्रका मानिसहरूको अन्तर्वार्ता लिने गर्छन् । हामीले फोटोग्राफी, भिजुवलसम्बन्धी ज्ञान दिँदै आएका छौं । प्रेरणादायी शिक्षण र सिकाइ पद्धतिका साथसाथै विद्यार्थीलार्ई कक्षाकोठामा सीमित नराखी बाहिरी दुनियाँको ज्ञान दिन विद्यालय प्रतिबद्ध रहेको छ ।
नीलाद्री एस परियल, प्रिन्सिपल, त्रियोग हाई स्कुल, धापासी

९.'संस्कारयुक्त शिक्षा, व्यवहारिक ज्ञान'

सन् २०१० सालमा स्थापना भएको भए पनि नासा एजुकेसन नेटवर्कको व्यवस्थापनमा तीन वर्षअघि देखि यो स्कुल आएको हो । हामीले नर्सरीदेखि उच्च तहसम्मको शिक्षा यस नेटवर्कमार्फत सञ्चालन गरिरहेका छौं । हाम्रो मुख्य उद्देशय भनेको विद्यार्थीलाई व्यवहारिक ज्ञान र संस्कारयुक्त शिक्षा दिनु हो ।

यही उद्देश्य लिएर हामीले उत्कृष्ट भौतिक संरचना र दक्ष शिक्षकबाट पठनपाठन सञ्चालन गरिरहेका छौं । हामीसँग बीसौं वर्षदेखि पठनपाठनमा संलग्न शिक्षकहरू हुनुहुन्छ । विद्यार्थीलाई घरमा जस्तै हेरविचार गरेर पढाउँछौं ।

उनीहरूलाई कसरी नीतिवान् बनाउने भन्नेतर्फ पनि हामी विशेष ध्यान दिन्छौं । शिक्षा क्षेत्रमा लामो अनुभव भएका व्यक्तिहरूको समूह संलग्न रहेको, विद्यालय तहदेखि उच्च तहसम्मकै पठनपाठन सञ्चालन भइरहेको र भविष्यमा विदेशी विश्वविद्यालयको डिग्री समेत ल्याउने तयारी छ । यस हिसाबले हामी अब्बल छौं ।
प्रकाश थापा, अध्यक्ष नासा एजुकेसन नेटवर्क

१०. 'जीवनको तयारीका लागि शिक्षा'

श्रव्यभन्दा श्रव्य-दृश्य बढी प्रभावकारी हुने भएकाले 'स्मार्ट क्लास' मार्फत डिजिटल प्रणालीमा आधारित शिक्षा दिइन्छ; जसले गर्दा एकैपटक हेर्ने, सुन्ने, पढ्ने र लेख्ने वातावरण बन्ने हुनाले सबै किसिमका बालबालिकामा अभिव्यक्ति तथा सिर्जनात्मक क्षमताको वृद्धि हुन्छ ।

'स्मार्ट असेसमेन्ट सिस्टम' अर्थात् रिमोट कन्ट्रोल प्रविधिको प्रयोगबाट विद्यार्थीको बुझाइको परीक्षण तुरुन्तै गर्न सकिने भएकाले उनीहरूको क्षमताअनुरूप विशेष कक्षा र रेखदेखको व्यवस्था पनि गरिन्छ । पाठ्यांशलाई नाटकीकरणका साथै व्यवहारिक जीवनमा उपयोगी बनाउन कक्षाकोठालाई नै आवश्यकताअनुसार चमेना गृहजस्ता विभिन्न स्वरूपमा परिणत गराई प्रयोगात्मक ढङ्गबाट शिक्षा दिइन्छ ।

वर्तमान युगमा परीक्षा केन्द्रित शिक्षा मात्र नभई हामीले बाँच्नका लागि के-कस्तो परिस्थितिको सामना गर्नुपर्छ, त्यसका लागि तयारी कसरी गर्ने भन्ने कुरालाई मनन गर्दै पाठ्यक्रम निर्माण गरी पठन-पाठन गराइने भएकाले जीवनको तयारीका लागि शिक्षालाई प्राथमिकतामा राखिएको छ । प्रतिष्ठित मनोवैज्ञानिक शिक्षाविद्हरूद्वारा नियमित रूपमा शिक्षक-विद्यार्थी-अभिभावकबीच शैक्षिक एवम् जीवन विकाससम्बन्धी कार्यशाला आयोजना गरी बालमनोवैज्ञानिक, नैतिक मूल्यमा आधारित शिक्षा, जीवनोपयोगी सीप जस्ता व्यावहारिक शिक्षामा जोड दिइन्छ ।
शिशिर खड्का, प्राचार्य ओलम्पिया वल्र्ड स्कुल ।

११. 'असल संस्कारमा विश्वास गर्ने उत्कृष्ट संस्था'


आधुनिक विश्व परिवेशमा एक पूर्ण शिक्षित व्यक्तिले मात्र जीवनमा आइपर्ने जस्तोसुकै चुनौतीको डटेर सामना गर्ने सामथ्र्य राख्छ ।

हामीलाई लाग्छ, एपेक्स लाइफ स्कुल असल संस्कारमा विश्वास गर्ने नेपालकै सर्वोत्कृष्ट शैक्षिक केन्द्र हो । यसले अत्याधुनिक शैक्षिक दर्शन, पद्धति तथा अभ्यासलाई आत्मसात गरेको छ । हरेक विद्यार्थीमा अन्तरनिहित प्रतिभा, क्षमता र सीपलाई उनीहरूकै अभ्यास र अनुभवको आधारमा प्रदर्शन गर्ने अवसर प्रदान गर्न सके विद्यार्थीको सर्वांगीण विकास सम्भव हुनसक्छ अनि मात्र पूर्ण शिक्षित मानिस बन्नसक्छ भन्ने हाम्रो ठम्याइ रहेको छ ।

हामी आधुनिक शिक्षा, उचित सीप तथा गहिरो आत्मिक मूल्यको संयोजनमार्फत सुन्दर समाज तथा संसार सृजनामा मद्दत गर्न चाहन्छैाँ । आउनुहोस्, हामीलाई साथ दिनुहोस् सुन्दर भविष्यका लागि, एक पूर्ण शिक्षित नागरिक निर्माणका लागि ।
सुवास न्यौपाने, कार्यकारी निर्देशक एपेक्स लाइफ स्कुल

१२. 'एक्काइसौं शताब्दीको शिक्षा, हाम्रो प्रतिबद्धता'

मैजुबहाल,चाबहिलमा अवस्थित रिभेरा इन्टरनेशनल एकेडेमी “एक्काइसौं शताब्दीको शिक्षा, हाम्रो प्रतिबद्धता” भन्ने नाराको साथ सञ्चालन भइरहेको विद्यालय हो । विद्यालयको भूकम्प प्रतिरोधी आफ्नै भवन छ । स्मार्ट कक्षा तथा इ—लाइब्रेरीको माध्यमबाट विद्यालयले प्रविधियुक्त शिक्षाको सुनिश्चितता गरेको छ ।

विद्यालयमा अवस्थित मिनी रिसर्च ल्याबको माध्यमबाट अनुसन्धानमा आधारित शिक्षण सिकाइ सञ्चालन गरिन्छ । मूल्याङ्कन गर्ने आधुनिक प्रविधि निरन्तर मूल्याङ्कन प्रणालीमार्फत विद्यार्थीहरूको मूल्याङ्कन गरिन्छ । संगीत, नृत्य, नाटक, ललितकला, बास्केटबल, फुटबल, तेक्वान्दो, योग, स्काउट लगायत सृजनशील कला, खेलकुद र सामाजिक क्रियाकलापहरू अन्तर्गत १३ वटा विधामा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ । प्रि−स्कुल तहमा मन्टेसरी विधिबाट शिक्षण गरिन्छ ।
प्रज्वल कोइराला प्राचार्य, रिभेरा इन्टरनेशनल एकेडेमी, मैजुबहाल चावहिल

१३. 'नाइटिंगेलको आफ्नै ब्रान्ड'


एउटा शिक्षण संस्थाका रूपमा मात्र नभएर आज नेपालभरिमै शिक्षा क्षेत्रको 'ब्रान्ड' कै रूपमा नाइटिंगेल स्कुल स्थापित भइसकेको कुरा सुनाउन पाउँदा हामी अत्यन्त गौरवान्वित छौँ । परि श्रम, अठोट, लगनशीलता र आत्मविश्वास बढ्दै जाँदा यहाँसम्म आइपुग्न हामी सफल भएका हौँ ।

स्थापनाकालतिरको विगत नियाल्दा आँखै अगाडि आउँछन् ४०÷५० जना विद्यार्थी तथा आधा दर्जनको हाराहारीमा शिक्षक कर्मचारी, भाडाको टहरो र धुलाम्मे चौर । अनि यससँगै देखिन्छन् उत्साहको चमक, उच्चतम लक्ष्य र दह्रो आत्मविश्वास । शिक्षामा नवीन चिन्तनका साथ 'सिकाएर पढाउने' तथा 'गराएर बुझाउने' पद्धतिमा अगाडि बढ्दै आजसम्म आइपुग्दा हामीले २ हजार ५ सय ५० जना विद्यार्थीलाई बोर्डमा प्रथम स्थानसहित सर्वोत्कृष्ट नतिजा दिलाएका छौं ।

हाम्रो लगनशीलता, मिहिनेत र नवीन चिन्तनको प्रतिफल स्वरूप राष्ट्रिय र क्षेत्रीय स्तरमा प्राप्त भएको सफलतासँगै पटक पटक नेपाल सरकारबाट राष्ट्रिय स्तरमा सर्वोत्कृष्ट विद्यालयका रूपमा घोषित भई राष्ट्रिय ध्वज, शिल्ड तथा नगद पुरस्कारबाट विभूषित हुनुले हाम्रा विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी लगायत विद्यालय परिवार र शुभचिन्तकहरूको शिर गर्वले उँचो भएको छ ।

आज स्थापनाको २४ औं वर्षको उत्तराद्र्ध र २५ औं वर्षको शुभारम्भको सँघारमा उभिएर हेर्दा हामी उत्कृष्ट विगत रहेको देखिरहेका छौँ र सर्वोत्कृष्ट भविष्यप्रति पूर्णतः आशावादी छौँ ।
रञ्जना प्रधान कामु प्रधानाध्यापक, नाइटिंगेल इन्टरनेशनल सेकेन्डरी स्कुल

१४ 'चौध रोपनी जग्गामा फैलिएको स्कुल छ'

हामीले स्कुल स्थापना गरेको तीन वर्ष पूरा भएको छ । संख्यात्मक रूपमा हामीले आठ सय विद्यार्थी भर्ना गरिसकेका छौं । हामीसँग १४ रोपनी जग्गामा फैलिएको संरचना छ । सबै संरचना भूकम्प प्रतिरोधी छन् । विद्यार्थीलाई अध्ययनका लागि आवश्यक पर्ने सम्पूर्ण सुविधा छ । मन्टेसरीदेखि नै कक्षा सञ्चालन गरिरहेका छौं । दक्ष, अनुभवी, तालिम प्राप्त शिक्षकबाट पढाउँछौं । विद्यार्थीलाई कुनै कुरा घोक्न लगाएर होइन, उनीहरूलाई स्वतन्त्र रूपमा छोडिदिएर सिक्न दिन्छौं । अत्याधुनिक प्रविधि प्रयोग गरेर पढाउँछौं । छोटो समयमै गरेको प्रगतिका कारण विद्यालयलाई अभिभावक र विद्यार्थीले रुचाइदिनु भएको छ ।
लोकराज गिरी संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत, अपि स्कुल धापासी

१५.'ज्ञान विज्ञानलाई सँगसँगै लैजान्छौं'

हाम्रो स्कुल अहिले स्थापनाको २५ औं वर्षमा प्रवेश गर्दै छ । छिट्टै रजत जयन्ती मनाउने तयारीमा छौं । पूर्वीय ज्ञान र पाश्चात्य विज्ञानलाई सँगसँगै लैजाने उद्देश्यले स्कुल स्थापना गरेका हौं । विद्यार्थीलाई सक्षम नागरिकको रूपमा विकास गर्न ज्ञान र विज्ञान दुवै चाहिन्छ ।

उनीहरूलाई सानै कक्षादेखि जिम्मेवार नागरिक बनाउन नेतृत्व विकासका बारेमा पढाउँछौं । हरेक विद्यार्थीभित्र रहेको प्रतिभाको पहिचान गरेर उनीहरूलाई अगाडि बढ्न सहयोग गर्छौ । कुनै पनि विद्यार्थी अवसरबाट वञ्चित नहुन् भन्ने हाम्रो चाहना छ । उनीहरूलाई भोकेसनल शिक्षा दिन छुट्टै भोकेसनल विभाग गठन गरेका छौं । यहाँबाट बैंकिङ, पत्रकारिता, ब्युटिपार्लर लगायतका विषयम कक्षा समेत चलाउँछौं । समग्रमा हामी विद्यार्थीलाई नलेज बेस शिक्षा दिन्छौं ।
रामचन्द्र खनाल, डिएभी स्कुल

१६.'विद्यार्थीलाई फिल्ड भिजिटमा लैजान्छौं'

नयाँ व्यवस्थापनले लिएपछि साउथ वेस्टर्न स्कुलमा चौथो वर्षको पढाइ सञ्चालन भइरहेको छ । हाम्रो आइएसओ ९००१। २००८ क्युएमएस को प्रमाणपत्र प्राप्त छ । विद्यार्थी तथा अभिभावकके सन्तुष्टि नैै हाम्रो मुख्य चाहना हो । हरेक विद्यार्थीलाई सक्रिया रूपमा कक्षागत गतिविधिमा संलग्न गराउँछौं । उनीहरूलाई प्रिजेन्टेसन गर्न लगाउँछौं ।

एसेम्ब्लीको समयमा 'अ टिचर अ डे' कार्यक्रम चलाएर हरेक दिन एकजना शिक्षकले नयाँ नयाँ विषयको बारेमा प्रस्तुति गर्न लगाउँछौं । विद्यार्थीलाई मन्टेसरी बेसमा पढाउँछौं । हरेक विद्यार्थीलाई कक्षामा पढेको विषय व्यवहारमा उतार्न फिल्ड भिजिटमा लैजान्छौं । नेटबल, फ्लोर बल लगायतका खेलकुद पनि सँगसँगै लैजान्छौं ।
मनोज आचार्य, प्रधानाध्यापक साउथ वेस्टर्न स्टेट स्कुल


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.