पोखरेलीको रोजाइ प्राविधिक

पोखरेलीको रोजाइ प्राविधिक

पोखराः पाल्पा घर भई पोखरा-७ राष्ट्रबैंक चोक बस्ने ममता आचार्य नेपालका छोरा आर्यन र छोरी ओजस्वी दुबै चार वर्षका भए । आउँदो शैक्षिक सत्रदेखि छोराछोरी दुबैलाई नेपालको परिवार विद्यालय भर्ना गराउने तयारीमा छ । पोखरामा रहेका थुप्रै विद्यालयबीच छोराछोरीलाई कुन विद्यालयमा पढाउने भन्नेबारे नेपाल परिवारले अध्ययन गरिरहेका छन् ।

अध्ययनका क्रममा साथीभाइले पोखरामा नाम चलेकै विद्यालयमा पढाउन सुझाएका छन् । वैशाखमा भर्ना गरिसक्नुपर्ने छ । विद्यालयमा भर्ना खुलिसकेकाले कुन विद्यालयमा पढाउने भन्ने छनोट गर्न उनी दबाबमा छन् । पोखरामा नर्सरी कक्षाका लागि केही विद्यालयमा भर्ना खुलेर रिजल्ट पनि भइसकेको छ । बालबालिकालाई सानैदेखि प्राविधिक ज्ञानसमेत दिने विद्यालय उपयुक्त हुने भएकाले त्यस्तो विद्यालयको खोजीमा आफू रहेको अभिभावक विजय नेपालले सुनाए ।

नेपाल परिवारलाई जस्तै विद्यालय छनोटका लागि पोखरा–७ नुवारथोककी रमिला तिमिल्सिनालाई पनि सकस भएको छ । चार वर्षकी छोरी स्वस्तिकालाई कुन मन्टेसरीमा भर्ना गरौं कि निजी विद्यालयमा भन्ने उनले अध्ययन गरिरहेकी छन् । नाम चलेकै माविमा भर्ना गर्दा विद्यालय सारिराख्नुपर्ने झन्झट नहुने भएकाले विद्यालय छनोटमा अन्योल परेकाले माविमा भर्ना गरौं कि मन्टेसरीमा भन्ने निणय गर्न नसकेको उनले सुनाइन् । भर्खर भर्ना गर्नुपर्ने विद्यार्थीदेखि विद्यालयमा विभिन्न कक्षामा अध्ययन गरिरहेका विद्यार्थीका अभिभावकलाई आफ्ना बाबुनानी कुन विद्यालयमा भर्ना गर्ने भन्नेमा छन् । विभिन्न विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीका अभिभावक अध्ययन गरिरहेको भन्दा अझै नाम चलेका अब्बल विद्यालयमध्ये पनि कुन विद्यालयमा भर्ना गराउने भन्नेमा छन् ।

पछिल्लो समयमा अभिभावकले विद्यालय रोज्दा विद्यालयको शिक्षण पद्धति, पूर्वाधारको अवस्था हेरी छनोट गर्न थालेका छन् । मन्टेसरीमा आफ्ना छोराछोरी पढाउनु छ भने त्यहाँको पढाउने पद्धति, व्यवहार, खानपान र वरपरको वातावरण कस्तो छ भन्ने समेत छनोट गर्न थालेका हुन् । अभिभावकहरूले कुन विद्यालयले कस्तो आउटपुट दिएको छ भन्ने पनि छनोट गर्ने गरेको पृथ्वीनारायण क्याम्पस पोखराका प्राध्यापक डा. विश्वकल्याण पराजुलीले बताए । त्यसैले सामुदायिक विद्यालयभन्दा निजी विद्यालयमा अभिभावकले आर्थिक अवस्थाले भ्याइनभ्याई भए पनि भर्ना गरेर पढाउने गरेको उनले सुनाए । विद्यार्थीको स्तरअनुसार पढाइमा ध्यान दिने विद्यालय अभिभावकको रोजाइमा पर्छन् । पछिल्लो समयमा पोखराका सामुदायिक विद्यालयमा पनि विद्यार्थीको आकर्षण बढेको छ । विद्यालयको पढाइमा गुणस्तर बढेपछि यहाँको अमरसिंह मावि, शीतलादेखि मावि, भद्रकाली मावि लगायतका विद्यालयमा विद्यार्थीको चाप बढेको हो।

सामुदायिक विद्यालयमा वैशाखको पहिलो सातादेखि भर्ना अभियान नै सुरु हुने कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी दामोदर सुवेदीले बताए । प्याब्सन र एनप्याब्सनमा आबद्ध निजी विद्यालयको नर्सरी कक्षाहरूमा भर्ना खुलिसकेको र बताइएको छ । चैतको २५ गते परीक्षा सकिएपछि सबै कक्षामा भर्ना खुल्ने प्याब्सन कास्कीका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।

कास्कीका ४ सय १० वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् । आधारभूततर्फ २ सय ९२ र माध्यमिकतर्फ १ सय १८ विद्यालयमा गरी १ लाख ५८ हजार ४ सय ६८ विद्यार्थी अध्ययनरत छन् । यसैगरी कास्कीमा प्याब्सन र एनप्याब्सन गरी १ सय ४७ वटा निजी विद्यालय छन् । दुबैमा गरी करिब ८५ हजार विद्यार्थी अध्ययनरत रहेका छन् । प्याब्सनमा १ सय २ विद्यालयमा गरी करिब ६५ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको प्याब्सन कास्कीका अध्यक्ष दिनेश श्रेष्ठले बताए । यसैगरी एनप्याब्सनमा ४५ विद्यालयमा १६ हजार विद्यार्थी अध्यनरत रहेको कार्यालय सचिव मोहन भण्डारीले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.