हचुवामा अपांगताको तथांक तयार

हचुवामा अपांगताको तथांक तयार

महोत्तरी : एक गैरसरकारी संस्थाल हचुवाको भरमा महोत्तरीका अपाङ्ग व्यक्तिहरुको तथ्यांक संकलन गरेको सर्वाजननिक भएको छ । नेपाल नेत्रहीन संघ नायक संस्थाले सेभद चिल्ड्रेनको सहयोगमा तथ्यांक संकलनको नाममा मनपरी ढंगले तथ्यांक सर्वाजनिक गरेपछि महोत्तरीका अपाङ्गसंग सम्बन्धित संस्थालाहरुले विरोध जनाएका छन् ।

विश्वकर्मा अपाङ्ग संघ रामगोपालपुर, लोकतान्त्रिक अपाङ्ग संघ महोत्तरी , तराई अपाङ्ग कल्याण समाज बर्दिवास , प्रेरणा अपाङ्ग पुर्नःस्थापना केन्द्र सर्लाही र स्वयं सहयाता समाज महोत्तरीले उक्त तथ्यांकको संयुक्त विज्ञप्ती प्रकाशित गरि विरोध जनाएको हो ।

'सेभद चिल्ड्रेन जस्तो संस्थाले दिएको सहयोगमा अपाङ्गता जस्तो संवेदनशील व्यक्तिहरुको अभिलेखिकरण गर्दा नेपाल नेत्रहीन संघ नायक संस्थाले गैर जिम्मेवार क्रियाकलाप गरेको छ । जिल्लामा रहेको अपाङ्गता क्षेत्रमा काम गर्ने कुनै पनि संस्थालाई जानकारी नै नगराई अन्धाधुन्ध तरिकाले तथ्यांक संकल्न गर्नु ठीक होइन', जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपाल अपाङ्ग संघ महोत्तरीले आसमान नेपालको आर्थिक लगानीमा केही बर्षअघि गरेको सर्वेक्षणमा महोत्तरमिा आठ हजार दुई सय ६० जना मात्र अपाङ्गता भएका व्यक्तिको तथ्यांक सार्वजनिक गरेको थियो ।

राष्ट्रिय जनगणना २०६८ का अनुसार जिल्लामा १० हजार एक सय ६६ अपाङ्गता भएको तथ्यांक देखिएको थियो । तर, अहिले सेभ दि चिल्ड्रेनको सहयोगमा नेपाल नेत्रहीन संघ नायक संस्थाले जिल्लामा १८ हजार ९ सय २४ जना अपाङ्गको तथ्यांक सार्वजनिक गरेको छ ।

झन्डै दोब्बर अपाङ्गहरुको संख्या जिल्लामा कसरी, कहाँबाट र कुन आधारमा नायक संस्थाले तथ्यांक बाहिर ल्यायो ?' विज्ञप्ती मार्फत अपाङ्गसंग सम्बन्धित संस्थाहरुले प्रश्न उठाएका छन् ।

यता महिला तथा बालबालिका कार्यालय महोत्तरीमा सामाजिक सुरक्षा कार्यक्रम एवं अपाङ्गता परीचय पत्र व्यवस्थापन समन्वय समितिका अनुसार महोत्तरीमा हालसम्म चार हजार नौ सय मात्र अपाङ्गता परिचय पत्र प्राप्त गरेको छ ।

'कोही नछुटुन र कोही न दोहरीउन' नारालाई आत्मसात गरी सपाङ्ग व्यक्तिलाई पनि अपाङ्गको सूचीमा राख्नु गलत भएकोले उक्त संस्थाको तथ्यांक सच्याएर सार्वजनिक गर्नु पर्ने माग गरिएको छ । नेपाल नेत्रहीन संघ नायक संस्थाले हचुवाको भरमा सार्वजनकि गरेको तथ्यांकले राज्यप्रति आर्थिक भार बढाउने बताइएको छ ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.