नक्कली ‘लाइसेन्स’ बनाउने दुई युवा मेसिनसहित पक्राउ
काठमाडौं : यातायात व्यवस्था कार्यालय बागमतीको छापा तथा अधिकृतको हस्ताक्षर चोरेर सवारी अनुमति पत्र ‘लाइसेन्स’ बनाइदिन्छु भन्दै रकम असुल गर्ने दुई युवा पक्राउ परेका छन्।
सर्वासाधारणबाट मोटो रकम लिई यातायात व्यवस्था कार्यालय बागमती र कोशीको किर्ते लाइसेन्स बनाइदिन्छु भन्ने सिन्धुली भद्रकाली ९ स्थायी घर भएर ललितपुर १३ नख्खुदोबाटामा बस्ने ३१ बर्षीय गणेशबहादुर गोले र सिन्धुलीको भद्रकाली ४ स्थायी घर भएर ललितपुर १३ नख्खुदोबाटो मै बस्ने २८ वर्षीय अस्तिकुमार पार्खिन पक्राउ परेका हुन्।
प्रहरीले मंगलबार गोले र पाख्रिनलाई लाइसेन्स तयार गर्ने प्रिन्टर, होलोग्राम र अधिकृतको छाप, कार्यालयको छाप, खाली लाइसेन्स कार्डसहित पक्राउ गरेको हो।
पक्राउ परेकामाथि अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्तले जनाएको छ।