निर्वाचन अधिकृत सम्बन्धी निर्णय कार्यान्वन नगर्न अदालतकाे आदेश
काठमाडौं : उच्च अदालत पाटनले राजपत्रांकित निजामति सेवाका दितिय श्रेष्णीका अधिकृतलाई निर्वाचन अधिकृत तोक्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।
उच्च अदालतका न्यायाधीश बलभद्र बास्तोलाको एकल इजलासले बुधबार यस्तो आदेश दिएको हो।
स्थानीय तह निर्वाचन एनले न्याय सेवाका अधिकृतलाई प्राथमिकता दिइ निर्वाचन अधिकृत तोक्नु पर्ने विषयमा गरेको व्यवस्था विपरित निर्वाचन आयोगले निर्वाचन अधिकृत तोक्ने निर्णय गरेको भन्दै न्याय सेवाका कर्मचारीले केहीबेर अघि उच्च अदालतमा रिट दायर गरेका थिए।
सोही रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो। सच्याइएकाे