२० वर्ष पुराना गाडी कता हराए ?

२० वर्ष पुराना गाडी कता हराए ?

काठमाडौं : सरकारले सहरी क्षेत्रमा २० वर्षे पुराना सार्वजनिक सवारी साधन प्रयोगमा गर्न प्रतिबन्ध लगाएको करिब तीन साता भइसकेको छ।

यातायात व्यवस्था विभागले अहिले उपत्यकालगायत देशमा प्रमुख सहरमा २० वर्षे पुराना सवारी साधनको अनुगमन गर्दै प्रयोगमा प्रतिबन्ध लगाइरहेको छ। व्यवसायीले पनि सरकारको निर्णय केही दिन विरोध गरेपनि अहिले धमाधम आफैँ कार्यान्वयनमा सक्रिय भएको विभागका प्रवक्ता टोकराज पाण्डे बताउछन्।

उनका अनुसार अहिले काठमाडौं उपत्यकामा २० वर्षे पुराना सार्वजनिक सवारी साधन सडकमा गुडन छोडिसकेका छन्। विभागले फागुन १८ गतेबाट निरन्तर गर्दै आएको अनुगनमा ९ वटा मात्रै सवारी फेला परेको जनाएको छ। यसमा पनि ४ वटा टेम्पो, तीन वटा ट्याक्सी र एक÷एक वटा बस र ट्रक रहेका छन्।

२० वर्ष पुराना सवारी साधान सम्बन्धी सरकारले लागू गरेको नियम कार्यान्वयन भएको दाबी प्रवक्ता पाण्डेको छ। उनका अनुसार उपत्यकामा मात्रै २५ सय भन्दा बढी सार्वजनिक सवारी २० वर्षे पुराना थिए।

सरकारले निर्णय कार्यान्वयन गरेको बताए पनि गाडी कबाडीमा प्रयोग हुनुका सट्टा व्यवसायीले ग्यारेजमै राखेका छन्।

विभागको स्रोतका अनुसार व्यावसायीले अहिले सहरी क्षेत्रबाहेकाका ग्रामीण सडकमा समेत यस्ता गाडी प्रयोग गरेको हुन सक्ने दाबी छ। तर, विभागले अञ्चलीकरण भने रोकेको कारण जुन अञ्चलमा दर्ता भएका हुन सो भन्दा अन्य क्षेत्रमा भने नगएको ठोकुवा गरेको छ।

सहरी क्षेत्रबाट ग्रामीण सडकमा प्रयोग भएका पुराना २० वर्षे गाडी पनि २०७४ फागुन ३० गते भन्दा पछि चलाउन नपाउने हुँदा व्यावसायीले कबाडीमा बेच्नुको विकल्प नरहेको पाण्डे बताउछन्।

साथै विभागले बुधबार मात्रै मिटरमा नहिड्ने ट्याक्सी, बढी भाडा लिने बस गरी १२ सवारी साधनलाई कारवाही गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.