नेपाली सेनाको प्रवक्तामा कडायत नियुक्त
काठमाडौ : नेपाली सेनाको प्रवक्तामा सहायक रथी झंकरबहादुर कडायत नियुक्त भएका छन् । जंगी अडडामा बुधबार भएको कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले कडायतलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।
यसअघि प्रवक्ता रहेका उपरथी ताराबहादुर कार्की केही दिनमा अवकाश पाउने भएपछि कडायतलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो । कडायत यसअघि बिशेष वाहिनीपति थिए ।
कडायतले भारतस्थित नेपाली राजदूतावासमा तीन बर्ष सैनिक सहचारीको जिम्मेवारी सम्हालेका थिए । उनले पाकिस्तानमा नेशनल सेक्युरिटी वार कोर्ष गरेका थिए ।