प्रस्तावित १२ राजदूतको नाम सर्वसम्त अनुमोदन

प्रस्तावित १२ राजदूतको नाम सर्वसम्त अनुमोदन

काठमाडौं : संसदीय सुनुवाइ विशेष समितिले सरकारद्वारा प्रस्तावित १२ राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ। सोमबार, मंगलबार र बुधबार सुनुवाइ गरी उनीहरूको नाम सर्वसम्मत अनुमोदन गरिएको समितिका सचिव धु्रव घिमिरेले बताए।

समितिले प्रस्तावित राजदूत युवनाथ लम्साल (डेनमार्क), लक्की शेर्पा (अस्ट्रेलिया), निरन्जनकुमार थापा (इजरायल), रमेश कोइराला (कतार), अर्जुनजंगबहादुर सिंह (दक्षिण कोरिया), प्रतिभा राणा (जापान) र शर्मिला ढकाल (ओमन), विश्वम्भर प्याकुरेल ( श्रीलंका), चोपलाल भुसाल (बंगलादेश), भीम उदास (म्यानमार), पदम सुन्दास (म्यानमार) र महेन्द्र सिंह (साउदी अरेबिया) को नाम अनुमोदन गरेको हो। अब सरकारले उनीहरूको नाम सम्बन्धित मुलुकमा एग्रिमो सहमतिका लागि पठाउनेछ। एग्रिमोमा सहमति आएपछि राष्ट्रपतिले उनीहरूलाई औपचारिक रूपमा राजदूत नियुक्त भएको घोषणा गर्ने छिन्।

वर्तमान सरकारले गरेको सिफारिस १४ राजदूतमध्ये दुई जनाको भने सुनुवाइ प्रक्रिया अघि बढेन। स्पेनमा नेपाली दूतावास स्थापनाका लागि स्पेन सरकारले सहमति दिन बाँकी रहेकाले प्रस्तावित राजदूत भरत रायमाझीको नाम सरकारले सुनुवाइ समितिमा पठाएको थिएन।

त्यस्तै, युएईका लागि राजदूत सिफारिस लामा म्यानपावर व्यवसायमा संलग्न भएको भन्दै तीव्र विरोध भएपछि उनको सिफारिस सरकारले बदर गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.